Comments Add Comment

मानव बेचबिखनमा संलग्न दुईजना पक्राउ

४ मंसिर, वीरगञ्ज । कात्तिक ३० गते साँझ वीरगञ्ज महानगरपालिका वडा नं १६ भन्सार अगाडि गेटबाट २५ वर्षीया महिलाको उद्दार भयो ।

मकवानपुरको कैलास गाउँपालिका घर भइ काठमाडौं बस्दै आएकी ती महिला बेचिन लागेको आशंकामा मानव बेचविखन नियन्त्रणका लागि क्रियाशील के.आई नेपाल र प्रहरीले उद्दार गरेको थियो ।

मकवानपुरको थाहा नगरपालिका वडा नं ७ बस्ने १९ वर्षीय रामचन्द्र खत्रीलाई समेत नियन्त्रणमा लिइएको थियो ।

सोधपुछका क्रममा महिलाको दिदिबहिनी नै दुवई जान भनी आएका रहेछन् । खत्रीको समूहले २९ वर्षीया महिलाका सीमा पार गराइसकेको रहेछ ।

बहिनी वीरगञ्जमै रोकिएपछि पटना पुगिसकेकी दिदीलाई पनि फकाएर झिकाइयो । दुई दिनपछि मकवानपुरको भिमफेदी गाउँपालिका-बस्ने ३६ वर्षीया सीता विकसँगै उनी आइन । प्रहरीले मितेरीपुलबाट उनीहरुलाई नियन्त्रणमा लिन सफल भयो ।

वागमति गाउँपालिका घर भएकी उनी पनि काठमाडौंमा नै बसोबास गर्दै आएकी थिइन् । दुवै जनालाई उद्दार गरेर सोधपुछका गर्दा उनीहरुलाई बेच्नका लागि भारतको बाटो हुँदै दुवई लैजान लागिएको रहस्य खुलेको हो ।

श्रीमानसँगै डेरामा बस्दै आएका उनीहरुलाई दुवईमा व्युटी पार्लर सम्बन्धी काममा मासिक १५ सय तलब पाउने प्रलोभनमा परेको बताइएका ेछ । २९ वर्षीयाा महिलाले व्युटिपार्लरको तालिम लिएको भएपनि अर्की महिलाले भने तालिम पनि नलिएको खुलेको छ ।

सीताको प्रलोभनमा परेको पीडितहरुले बताएका छन् । महिलाहरुसँग सीताले दुवई लैजानका लागि भनेर २ लाख रुपैयाँसमेत लिएको पाइएको बुझिएको छ ।

विदेश गएको झै बनाउन उनीहरुलाई सुरुमा काठमाडौंबाट प्लेनमा भरतपुर लगेर नारायणघाटमा दुईदिन राखिएको थियो । त्यसपछि वीरगञ्ज ल्याइएका उनीहरुलाई प्रहरीले भन्सार क्षेत्रमा सोधपुछ गर्दा भाइबहिनी हो पसलको समान खरिद गर्नका लागि जान लागेको भन्नु भनी सिकाइएकोेले सुरुमा उनीहरुले सत्य कुरा नै बताएका थिएनन् । शंका लागेर सम्झाइबुझाई गरेपछि मात्रै उनीहरुले आफूहरु दुवई जान लागेको बताएको के.आई नेपाल वीरगञ्जकी तारा सापकोटाले जानकारी दिइन् ।

प्रहरीले महिलाहरुलाई दुवई लैजान बहानामा बेच्न खोज्ने सीता र रामचन्द्रविरुद्ध मानव बेचविखनको मुद्धा दर्ता गरी आवश्यक अनुसन्धान गरिरहेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक रेवती ढकालले दुई जना महिलाहरुलाई दुवई लैजान्छु भनेर उनीहरुले बेच्न खोजेको तथ्य उजागर भएपछि उनीहरुविरुद्ध मानव बेचविखनको मुद्धा दर्ता गरिएको बताए । ‘दुवईमा जागिर लगाउने भनेर ल्याएका रहेछन, तर गतिविधि सबै शंकास्पद छन् ,’ उनले भने, ‘त्यसैले उनीहरुविरुद्ध मानव बेचविखनको मुद्धामा सम्माननीय पर्सा जिल्ला अदालतबाट म्याद लिएर आवश्यक अनुसन्धान गरिरहेका छौं ।’

प्रहरीले सीतालाईसमेत गाइड गर्ने सुनिता वि.क. नाम गरेकी महिलालाई बुटवलमा पक्राउ गरिसकिएको जानकारी दिएको छ ।

पक्राउ परेका खत्रीले भने आफूलाई सीमा पार गराएवापत ४० हजार दिने प्रलोभन दिइएकोले सहयोग गरेको बताएका छन् ।

पछिल्ला दिनमा उद्दार गरिएका अधिकाशं महिलाहरु भारत हुँदै रोजगारीका लागि तेस्रो मुलु्कमा जान भनी आएका नै रहेको मानव बेचविखनको क्षेत्रमा क्रियाशील संघ संस्थाहरुले जनाएका छन् ।

पर्सा जिल्लामा माइती नेपाल, केआई नेपाल र साना हातहरु गरी तीन वटा संस्थाहरुले सीमा क्षेत्रमा निगरानी केन्द्र नै राखेर मानव बेचविखन नियन्त्रणका लागि काम गर्दै आएका छन् ।

‘विदेशमा जागिर लगाइदिने भनेर फकाएर भारत पुर्‍याउने गरिन्छ । अनि उता लगेर बेचिन्छ ।’ केआई नेपालकी सापकोटाले भनिन्, ‘आफन्तहरु नै यस्तो काममा संलग्न भएकोले महिलाहरु फसकेको देखिन्छ ।’
माइती नेपालकी वीरगञ्ज प्रमुख संगिता पुरीले पछिल्ला दिनमा महिलाहरुलाई तेस्रो मुलुकमा रोजगारी दिने भनी विश्वासमा पारी भारत पुर्‍याउने गरिएको बताइन् ।

दलालहरुले श्रीमान छोडेर बसेका महिला, एकल महिलाहरुलाई सजिलै विश्वासमा लिने गरेको उनको अनुभव छ ।

‘दलालहरुले उनीहरुलाई पूरा विश्वास दिलाएका हुन्छन्, कुरा सिकाएका हुन्छन् । त्यसैले सुरुमा हामीलाई विभिन्न बहाना बनाएर सत्य कुरा लुकाउँछन्, बेच्न लैजान लागेको पनि हुन सक्छ है भनेर सम्झाएपछि कुरा खोल्छन्, अनि प्रहरीको सहयोगमा उनीहरुको उद्धार गर्छौ ।’ उनले भनिन् ।

अधिकांश दलालहरु उम्कने गरेको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment