News Summary
Generated by OK AI. Editorially reviewed.- महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले मानव बेचबिखन तथा ओसारपसार ऐन र अपाङ्गता अधिकारसम्बन्धी ऐन संशोधनको मस्यौदामा सुझाव आह्वान गरेको छ।
- मन्त्रालयले संशोधन विधेयकमा कानुनलाई प्रभावकारी बनाउन विभिन्न प्रावधान समावेश गरिएको उल्लेख गरेको छ।
- सार्वजनिक मस्यौदामा यही साताभित्र सरोकारवालाबाट राय सुझाव दिन मन्त्रालयले आग्रह गरेको छ।
६ वैशाख, काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले दुई ऐन संशोधनको मस्यौदाबारे सुझावका लागि आह्वान गरेको छ ।
मन्त्रालयले मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४लाई संशोधन गर्न बनेको विधेयक र अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन, २०७४लाई संशोधन गर्न बनेको विधेयकको मस्यौदामा यही साताभित्र सुझाव दिन आह्वान गरेको हो ।
कानुनलाई अझ प्रभावकारी बनाउन विभिन्न प्रावधान समावेश गरिएको र मस्यौदामा सरोकार भएकाहरूबाट राय, सुझाव तथा प्रतिक्रिया प्राप्त गर्नका लागि सार्वजनिक गरिएकाले इच्छुक सबैलाई आफ्नो राय सुझाव दिन आग्रह गरिएको मन्त्रालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4