+
+
Shares

सुनुवाइ समितिले माग्यो राजदूतको योग्यता र मापदण्ड

अनलाइनखबर अनलाइनखबर
२०७५ मंसिर ५ गते १४:५६

५ मंसिर, काठमाडौं । संसदीय सुनुवाई विशेष समितिले सरकारसँग राजदूतका लागि चाहिने योग्यता र नियुक्तिको मापदण्ड माग गरेको छ ।

बुधबार बसेको समितिको बैठकले सरकारसँग राजदूत नियुक्तिको मापदण्ड र योग्यता अध्ययनका लागि माग गर्ने निर्णय गरेको संसद सचिवालयका सहप्रवक्ता केशव अर्यालले जानकारी दिए ।

बैठकले भारतलगायत विभिन्न देशका राजदूतमा सिफारिस भएका व्यक्तिहरुविरुद्ध उजुरी आह्वान गर्ने निर्णय पनि गरेको छ । मंसिर ७ गतेदेखि एक हप्ताको समय दिएर राजदूतमा सिफारिस व्यक्तिविरुद्ध उजुरी र गुनासो आह्वान गर्ने निर्णय गरेको हो ।

सरकारले कात्तिक २५ गते भारतका लागि निलाम्बर आचार्य, इजरायलका लागि अञ्जान शाक्य, युएईका लागि कृष्णप्रसाद ढकाल र मलेसियाका लागि राजदूतमा उदयराज पाण्डेको नाम सिफारिस गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?