Comments Add Comment

बहुवर्षीय आयोजनाको विवरण ७ दिनभित्र बुझाउन अर्थसमितिको निर्देशन

५ मंसिर, काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले विभिन्न बहुवर्षीय आयोजनाहरुको विवरण ७ दिनभित्र पठाउन सरकारलाई निर्देशन दिएको छ ।

बुधबार बसेको समितिको बैठकले ७ दिनभित्र समितिमा आइपुग्ने गरी ती आयोजनाहरुको विवरण बुझाउन निर्देशन दिएको हो ।

विगतमा बहुवर्षीय ठेक्का सम्झौता भएका र ठेक्का सम्झौता हुन बाँकी आयोजनाहरुको विवरण तथा बहुवर्षीय ठेक्का सम्झौता भएका मध्ये संघ, प्रदेश र स्थानीय तहले सञ्चालन गर्ने भनिएका आयोजनाका विवरण र हस्तान्तरणका मापदण्ड माग्ने समितिले निर्णय गरेको हो ।

संघ, प्रदेश र स्थानीय तहलाई सञ्चालन गर्ने भनिएका आयोजनाहरु के आधारमा हस्तान्तरण हुने भन्ने विषय प्रष्ट पार्नका लागि ७ दिनभित्र आयोजनाका विवरण र हस्तान्तरणका मापदण्ड बुझाउन निर्देशन दिइएको समिति सभापति कृष्णप्रसाद दाहालले जानकारी दिए ।

यसैगरी ठेक्का सम्झौता भएको मिति, अवधि, ठेक्का रकम, ठेकेदारको नाम, आयोजना प्रमुखकको नाम तथा पद, कार्यसम्पन्नको स्थिति र बाँकी कामहरुको विवरण समेत बुझाउन समितिले निर्देशन दिएको छ ।

बैठकले पूँजीगत खर्च नगरी गैर बजेटरी रकम माग भएकोमा औचित्य पुष्टि नगरी रकम भुक्तानी नदिनसमेत अर्थमन्त्रालयलाई लिखित निर्देशन दिएको सभापति दाहालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment