+
+
Shares

अरनिको राजमार्गमा गृहमन्त्रीले लगाए झाडू

अनलाइनखबर अनलाइनखबर
२०७५ मंसिर ६ गते ९:३३

६ मंसिर, काठमाडौं । देशको शान्ति सुरक्षाको कमाण्ड सम्हालेका गृहमन्त्री रामबहादुर थापा (बादल) बिहीबार बिहानै हातमा कुचो लिएर सडकमा निस्किए । फूलमाला लगाएर सडकमा निस्किएका उनले एकछिन सडक बढारे र फोहरका टुक्राटुक्री टिपे ।

हातमा पन्जा र मुखका मास्क लगाएर गृहमन्त्री थापाले बिहीबार अरनिको राजमार्ग सफाइ अभियानको शुरुवात गरेका हुन् ।

सरसफाइ कार्यक्रमको आयोजना जिल्ला प्रशासन कार्यालय भक्तपुरले गरेको हो । कार्यक्रममा कर्मचारी, सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, जिल्लाका राजनीतिक दलका नेताहरु, सर्वसाधारण लगायतको सहभागिता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?