+
+
Shares

सिन्धुपाल्चोकको लिपिङमा पहिरोले सडक भासियो, अरनिको राजमार्ग अवरुद्ध

पहिरोका कारण सडकखण्डमा सवारीसाधन नचलेपछि चीनसँगको प्रमुख व्यापारिक नाका ठप्प भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १९ गते १०:५१

१९ साउन, काभ्रेपलाञ्चोक । अरनिको राजमार्ग अन्तरगत सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-२, लिपिङमा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।

इलाका प्रहरी कार्यालय कोदारीका प्रमुख प्रहरी निरीक्षक केशव केसीका अनुसार मंगलबार बिहान ९:३० बजे पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको हो ।

पहिरोका कारण सडकखण्डमा सवारीसाधन नचलेपछि चीनसँगको प्रमुख व्यापारिक नाका ठप्प भएको छ ।

सडक भासिएको र माथिबाट खन्न नमिल्ने भएकोले वाल लगाएर नउठाइ सडक संचालनमा समस्या हुने प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?