Comments Add Comment

जाडोमा सुख्ख र रुखो छालाः यस्तो छ मुलायम बनाउने काइदा 

चिसो बढेसँगै छाला सुख्खा हुन थाल्छ । छालाको नरमपना तथा चमक हराउन थाल्छ । जसले गर्दा  धेरैको हातखुट्टा फुट्ने, हात खुट्टाको छालामा चिरा पर्ने समस्या उत्पन्न हुने गर्छ । त्यसैले, चिसोमा छालाको विशेष ध्यान राख्न पनि यी उपाय अवलम्बन गर्न जरुरी छ ।

मोइस्चराईजर क्रिमका प्रयोग

मौसम अनुसार मोइस्चराईजर क्रिम पनि बेलाबेलामा बदलिरहनु पर्छ । विशेषगरी, जाडो मौसममा वाटर बेस्ड मोइस्चराइजर क्रिमको सट्टा आयल बेस्ड मोइस्चराइजर लगाउनु पर्छ । किनकी आयल बेस्ड मोइस्चराइजरले छालालाई सुरक्षा प्रदान गर्छ ।

जसले कुनै साधारण क्रिम वा लोशन भन्दा प्रभावकारी ढंगले काम गर्छ । बेलाबखत यस्ता लोशनमा ‘नाइट क्रिम’ पनि लेखिएको हुन्छ, जुन आफैमा आयल बेस्ड हुन्छ ।

सनक्रिम

गर्मीमा जति सन्सक्रिमको प्रयोग हुन्छ, उत्तिनै जाडोमा पनि सन्सक्रिमको प्रयोग गर्नु पर्दछ ।  किनकी जाडो मौसममा घाममा धेरै बसिने हुँदा घामको हानीकारक विकिरणले छालालाई असर पार्न सक्छ ।

त्यसैले, घाममा निस्कनु करिब आधा घण्टा पहिले अनुहार तथा हातमा ब्राण्ड स्पेक्ट्रम सन्सक्रिमको प्रयोग गर्नुपर्छ । यदी घाममा धेरै बेर बस्नु पर्छ भने उक्त सन्सक्रिमलाई पुन एक पटक प्रयोग गर्नु पर्छ ।

हातको हेरचाह

शरीरको अनुपात हातको छाला केही पातलो हुने गर्छ । र, त्यसमा तेलीय ग्रन्थी कम हुन्छ । जसले गर्दा शरीरको अन्य भातको तुलनामा हातलाई नरम राख्न केही मुश्किल हुनसक्छ ।   हात चिलाउने, फुट्ने, चिरा पर्ने समस्या अत्याधिक हुनसक्छ । यस्ता समस्याबाट बच्नका लागि बाहिर जाँदा हातमा मोइस्चराइजर लगाएर त्यसमाथि पञ्जा लगाउनु पर्छ । त्यस्तै, ऊनी पञ्जा लगाउनु परेमा पहिले सुतीको पञ्जा लगाउनु पर्छ ।

चिसो मोजा तथा पञ्जा नलगाउने

चिसो पञ्जा तथा मोजाको प्रयोगले हात खुट्टामा समस्या उत्पन्न गर्न सक्छ । जाडोमा चिसो मोजा तथा पञ्जा लगाउनले छाला चिलाउने, फुट्ने, दुख्ने गर्छ ।

पैतालाको हेरचाह

जाडोमा आˆनो पैतालालाई सुरक्षित राख्न पेट्रोलियम जेली तथा ग्लिसिनयुक्त लोशनको प्रयोग गर्नु पर्छ । किनकी जाडोमा छाला कक्रक्क पर्ने गर्छ । जसले गर्दा मृत छाला स्वत निस्कन थाल्छ । यस्तो बेला लोशनको प्रयोग प्रभावकारी मानिन्छ ।

नुहाउँदा मनतातो पानीको प्रयोग गर्ने

चिसो मौसममा तातो पानीको प्रयोग कसलाई मनपर्दैन ? अझ चिसोका कारण शरीर कापिरहेको छ भने त्यस्तो बेला तातो पानीले नुहाउन पाउँदाको मज्जा नै बेग्लै हुन्छ । नुहाउँदा अत्याधिक तातो पानीको प्रयोग गर्नाले छालाको नरमपना कम हुँदै जान्छ । छाला सुख्खा हुने गर्छ । त्यसैले, जाडोमा छाला सुख्खा हुन नदिन पनि सकेसम्म मनतातो पानीको प्रयोग गरौ ।  नुहाउन साथ मोइस्चराइजर क्रिमको प्रयोग गरौ ।

मालिश गर्ने

जाडोमा नियमित मालिस छालाको लागि राम्रो मानिन्छ । छालाको नियमित मालिसको लागि जैतुना वा अन्य कुनै तेलको प्रयोग गर्न सकिन्छ । यसले छाला नरम बनाउनुका साथै छालालाई चम्किलो बनाउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment