+
+

प्रधानमन्त्रीको निर्देशनः जनस्तरमा प्रभाव पार्ने आयोजना छिटो कार्यान्वयन गर्नू

अनलाइनखबर अनलाइनखबर
२०७५ मंसिर ८ गते १७:०९

७ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनस्तरमा प्रभाव गर्ने आयोजनाहरु छिटो कार्यान्वयन गर्न निर्देशन दिएका छन् ।

चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनको प्रथम चौमासिक समिक्षामा शनिबार गृह, अर्थ लगायतका ८ मन्त्रालयको लक्ष्य र प्रगतिबारे छलफल भएको छ । यससँगै प्रथम चौमासिक समिक्षा सकिएको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाकाअनुसार प्रक्रियामा लामो समयसम्म अल्भिmएको निष्कर्ष निकालिएको छ । ‘अब प्रक्रियालाई नजितामुखी बनाउने गरी छिटो अघि बढ्नुपर्‍यो’ उनले भने, ‘केही कार्यक्रममा बजेट अपुग भएको देखियो । अधिकार क्षेत्रभित्र रहेर रकामान्तर गरेर कार्यक्रम अगाडि बढाइने छ ।’

थप रकम दिने अवस्था नभएको भन्दै उनले भएको बजेटबाट व्यवस्थापन गरी जनस्तरमा प्रभाव गर्ने राम्रा आयोजनाहरु तत्काल कार्यान्वयन गर्न निर्देशन दिएका छन् ।

बैठकमा प्रधानमन्त्रीले पहिलो चौमासिकमा पुरा हुन नसकेका लक्ष्यलाई पनि दोस्रो चौमासिकमा पुरा गर्न निर्देशन दिएका छन् । साथै निर्णय छिटो गर्ने र धेरै समय नलगाई कार्यान्वयनमा लैजानु भन्ने निर्देशन भएको छ’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?