Comments Add Comment

चेल्सी प्रशिक्षक भन्छन् : खेलाडी कोही राम्रा भएनन्

९ मंसिर, काठमाडौं । इंग्लिस क्लब चेल्सीका प्रशिक्षक मोउरिजियो सारीले खेलाडीहरुको प्रदर्शनले आफू दुःखी रहेको बताएका छन् । शनिबार राति टोटनह्यामले ३–१ ले हराएपछि सारी खेलाडीसँग असन्तुष्ट भएका हुन् ।

टोटनह्यामले खेलभर चेल्सीमाथि दबाव बनाइरहेको थियो । डेले अलि, ह्यारी केन, सन हिउङ मिन सबैको खेल राम्रो भएको थियो । टोटनह्याम आफ्नै मैदानमा बल नियन्त्रणमा भने चेल्सीभन्दा पछि थियो । खेलमा टोटनह्यामले विपक्षी पोस्टमा १८ प्रहार गरेकोमा ९ प्रहार सही दिशामा थिए । चेल्सीले भने १३ प्रहार गरेकोमा दुई प्रहारमात्रै सही दिशामा थियो ।

‘खेलमा पाँच मिनेट पछि नै के गर्ने भन्ने एकीन भइसकेको थियो । हामीले धेरै पटक बलबाट नियन्त्रण गुमायौँ । टोटनह्यामसँगको खेलमा बलमा गल्ती गरेपछिको नतिजा त्यस्तै नै हुन्छ’ उनले भने,

‘छिटो काउन्टर अट्याकमा जाने टोटनह्याम जस्तो टिमविरुद्ध खेल्ने हाम्रो तरिका नै भएन । त्यसरी बल खुस्काउनु हुँदैन थियो’ उनले भने, ‘हामीले शारीरिक, मानसिक, प्राविधिक र तार्किक सबै हिसाबमा कमजोर खेल खेल्यौं ।’

‘टोटनह्यामसँगको खेलमा त मलाई कोही पनि राम्रो लागेन ।’

सारीले आफूहरुको कुनै पनि रणनीति टोटनह्यामविरुद्ध काम नलागेको बताए । ‘उनीहरु जहिले ४–२–३–१ अथवा ४–३–३ को फर्मेसनमा खेलिरहेका हुन्थे । मलाई अचम्म लाग्यो उनीहरुले हामीविरुद्ध ४–३–१–२ को नयाँ फर्मेसन प्रयोग गरे’ उनले भने ।

खेलमा ६१ प्रतिशत समय बल चेल्सीको नियन्त्रणमा रहेपनि पोस्टमा राम्रो प्रहार हुन सकेको थिएन । टोटनह्यामले पोस्टमा ९ सट प्रहार गरेको थियो भने चेल्सीले २ सट मात्रै प्रहार गर्न सक्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment