+
+
Shares

कैलालीमा ४३ हजारलाई स्मार्ट लाइसेन्स वितरण

अनलाइनखबर अनलाइनखबर
२०७५ मंसिर १० गते १९:१६

 १० मङ्सिर, कैलाली । आर्थिक वर्ष ०७४/७५ को साउन महिनादेखि वितरण सुरु गरेको सेती अञ्चल यातायात व्यवस्था कार्यालय धनगढीले हालसम्म झण्डै ४३ हजार जनालाई स्मार्ट लाइसेन्स वितरण गरेको छ ।

सेती अञ्चल यातायात व्यवस्था कार्यालयका प्रमुख विसनसिङ थापाले चालु आव ०७५/७६ को कात्तिक मसान्तसम्म स्मार्ट लाइसेन्सका लागि करिब ६७ हजार जनाले आवेदन दिएका थिए ।

सोही अवधिसम्म ४२ हजार आठ सय ७६ थान लाइसेन्स वितरण गरिएको छ । उनले सुरुआतमा लाइसेन्स नवीकरण गर्नेलाई मात्र स्मार्ट लाइसेन्स वितरण गरिँदै आए पनि हाल भने नयाँ लाइसेन्सका लागि आवेदन दिने, प्रतिलिपी बनाउने, थप सवारी चालक अनुमति पत्र बनाउने लगायतलाई स्मार्ट लाइसेन्स वितरण गरिँदै आएको बताए ।

त्यसैगरी सेती अञ्चल यातायात कार्यालयले चालु आवमा हालसम्म झण्डै रु १२ करोड राजश्व सङ्कलन गरेको छ । कार्यालयले सवारीसाधन कर, चालक अनुमति पत्र दस्तुर, सवारी दर्ता किताब सम्बन्धी दस्तुर, यातायात क्षेत्रको आम्दानी, एकलौटी फार्म तथा व्यक्तिगत आयमा लाग्ने कर लगायतका राजश्व शीर्षकबाट १२ करोड ३८ लाख ७५ हजार राजश्व सङ्कलन गरेको हो ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?