+
+

भाइको हत्या अभियोगमा दाजु पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७५ मंसिर ११ गते ९:३५

११ मंसिर, नुवाकोट । नुवाकोटको पञ्चकन्या गाउँपालिका–५ माँझगाउँका लक्ष्मण सिटौलाको हत्या अभियोगमा उनका दाजु बलराम पक्राउ परेका छन् ।

कात्तिक २५ गतेदेखि हराइरहेका ३५ वर्षीय लक्ष्मण शनिबार वनगाउँको महादेवखोलामा मृत फेला परेका थिए । प्रारम्भिक अनुसन्धानका क्रममा लक्ष्मणको हत्यामा दाजु बलाराम संलग्न रहेको पाइएपछि उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख वसन्त कुँवरले जानकारी दिए ।

बलरामलाई सोमबार जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्दा अभियोगमा अनुसन्धानका लागि म्याद लिएको छ । उनलाई हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले तीन दिनको म्याद दिएको छ ।

लक्ष्मणको शरीरको पछाडितर्फ टाउको, कम्मर, ढाडमा धारिलो हतियार प्रयोग गरेको पाइएको छ । दाजुभाइबीचको विवादमा चिर्पट प्रहार गरी हत्या गरेको बलरामले स्वीकार गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?