Comments Add Comment

हटी होइन गीत गाउँदा विवादमा परे समिर

गायक समिर आचार्यले अष्ट्रेलियाको सिड्नीमा आयोजना भएको ‘नेपाल फेस्टिवल’मा ‘हटी होइन डटी लड्ने’ गीत गाएपछि उनी विवादमा परेका छन् । यो गीतमा समावेश ‘जहाँ राजा रानी हुन्छ’ शब्दमा आपत्ती जनाउँदै सामाजिक संजालमा विरोध भएपछि कार्यक्रमको आयोजकले माफी पनि मागेको छ । गैरआवसीय नेपाली संघले यो कार्यक्रमको आयोजना गरेको थियो ।

तर, गायक समिर आचार्यले भने आफू एक विशुद्ध गायक भएर सो गीत गाएको बताएका छन् । उनले अनलाइनखबरसँग भने–‘मलाई कतिपयले तिमी कहाँबाट संचालित हौ समेत भन्न भ्याउनु भएको छ । तर, म एक कलाकारको नाताले यो गीत गाएको हुँ । म कतैबाट पनि संचालित छैन । यो गीत मैले यसअघि पनि गाइसकेको छु ।’

समिरले आफूले दर्शकलाई के कुरा फोकस गर्न सकिन्छ भनेर गीत गाएको समेत बताए । उनले भने–‘हामीले गीत नै गाउन पाइदैन भन्ने त छैन । तर, मेरो एउटा गीतले राजतन्त्र नै फर्किन्छ भनेर सोच्नु गलत हो । राजा भन्ने शब्द नै प्रयोग गर्न नपाउने लोकतन्त्र त आएको होइन होला । ’

उनले, हरेक श्रष्टाको शब्दहरु राजनीतिक परिवर्तनसँगै परिवर्तन नहुने पनि बताए । समिरले आफू कुनै पनि राजनीतिक दलसँग आफू आवद्ध नभएको पनि बताए । उनले सम्पूर्ण मानिसहरुप्रति आफ्नो सम्मान रहेको बताए । आफूले मनोरञ्जनका लागि गीत गाएको समिरको भनाई छ । कलाको भाषा, जातजाती, रंग नहुने समिरले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment