+

साफ च्याम्पियनसिप विराटनगरका लागि गौरव : मेयर पराजुली

२०७५ मंसिर  १४ गते १२:५८ २०७५ मंसिर १४ गते १२:५८
साफ च्याम्पियनसिप विराटनगरका लागि गौरव : मेयर पराजुली

१४ मंसिर, मोरङ । नेपालमा फागुन २८ देखि चैत ८ गतेसम्म हुने साफ महिला च्याम्पियनसिप पहिलो पटक काठमाडौं उपत्यका बाहिर विराटनगरको शहीद रंगशालामा हुँदैछ ।

काठमाडौं बाहिर पहिलो पटक विराटनगरमा अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता हुनु गौरवको बिषय भएको विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले बताएका छन् ।

उनले प्रतियोगिता आयोजना हुनु विराटनगरसहित प्रदेश १ बासीकै लागि गौरवको बिषय भएको बताएका हुन् ।

‘साफ च्याम्पियनसिप नेपालमा हुनु गौरभको बिषय हो,’ उनले भने ‘अझ पहिलो पटक विराटनगरमा आयोजना हुनु हाम्रो लागि ठूलो अवसर हो ।’ साफ च्याम्पियनसिपलाई सफल बनाउन महानगरपालिकाले पूर्ण सहयोग गर्ने पराजुलीले बताए ।

प्रतियोगिता आयोजना हुने शहीद रंगशालामा खेलाडीका लागि चेन्जिङ रुम निर्माणाधीन अवस्थामा छ ।

तत्काल चेञ्जिङ रुमको निर्माण सम्पन्न गरी मैदान तयार पारिने पराजुलीको भनाइ छ । विराटनगरको शहीद रंगशाला मर्मतका लागि दुई बर्षअघि महानगर र एन्फाले करिब डेढ करोड रुपैया खर्च गरेको थियो रंगशालामा करिब १० हजार दर्शक क्षमताका प्याराफिटहरु छन् ।

पाचौं संस्करणको साफ महिला च्याम्पियनसिप श्रीलंकाले आयोजना गर्ने दाबी गरेको थियो । तर, श्रीलंकाले हात झिकेपछि नेपालले दाबी गरेको थियो । नेपालको दाबी पछि साउथ एसियन फुटबल फेडेरेसनले नेपाललाई आयोजना गर्ने जिम्मा दिएपछि एन्फाले प्रतियोगिता आयोजना गर्न विराटनगरलाई रोजेको हो ।

प्रतियोगितामा सार्क राष्ट्रका महिला फुटवल टोली सहभागि हुनेछन् । समूह ‘ए’ मा आयोजक नेपालस“गै बंगलादेश, भुटान र पाकिस्तान छन् । समूह ‘ब’ भारत, माल्दिभ्स र श्रीलंका छन् ।

साफ च्याम्पियनसिप

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय