Comments Add Comment

धमाधम आईपीओ जारी गर्दै नयाँ लघुवित्तहरु

१४ मंसिर, काठमाडौं । पछिल्लो समय सञ्चालनमा आएका लघुवित्त वित्तीय संस्थाहरुले धमाधम आईपीओ जारी गर्न थालेका छन् ।

अघिल्लो साता सामुदायिक लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि साधारण सेयर जारी गरेको थियो ।

सामुदायिको आईपीओ बाँडफाँट भएको दुई साता पनि पुग्न नपाउँदै चौतारी लघुवित्त वित्तीय संस्थाले आगामी १९ गतेदेखि साधारण सेयर जारी गर्दैछ ।

चौतारी पछि गणपति लघुवित्त वित्तीय संस्था र गुराँस लघुवित्त वित्तीय संस्थाले समेत साधारण सेयर जारी गर्ने भएका छन् ।
सर्वसाधारणका लागि आईपीओ जारी गर्न भर्खरै गुराँस लघुवित्तले बिक्री प्रवन्धसमेत नियुक्त गरिसकेको छ ।

२ लाख ५० हजार कित्ता साधारण सेयर (आईपीओ) निष्काशन गर्नका लागि गुराँसले एनआईबीएल एस क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो ।

गुराँस लघुवित्त वित्तीय संस्थाको अधिकृत पुँजी १० करोड, जारी पूँजी ७ करोड ७५ लाख र चुक्ता पूँजी ५ करोड २५ लाख रुपैयाँ रहेको छ । आईपीओ बिक्रीपश्चात संस्थाको चुक्ता पूँजी ७ करोड ७५ लाख रुपैयाँ हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment