Comments Add Comment

दोस्रो लघुवित्त सम्मेलन आज सकिँदै

१६ मंसिर, काठमाडौं । दोस्रो राष्ट्रिय लघुवित्त सम्मेलन आज सकिँदैछ ।  स्वावलम्बन विकास केन्द्रको आयोजनामा शनिबारदेखि राजधानीमा शुरु भएको राष्ट्रिय लघुवित्त सम्मेलन आज साझ घोषणापत्र सार्वजनिक गर्दै अाज सकिन लागेकाे हाे ।

७७ जिल्लाका ८ सय भन्दा बढी लघुवित्तकर्मी तथा सरोकारवालाहरु सम्मेलन सहभागी रहेको स्वालम्बन विकास केन्द्रले जनाएको छ । शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मेलनको उद्घाटन गरेका थिए ।

उद्घाटन शत्रमा सम्वोधन गर्दै प्रधानमन्त्री ओली व्याजदर चर्को र मनपरी भएको भन्ने गुनासाहरु आएको भन्दै त्यसमा सेत रहन नेपाल राष्ट्र बैंकलाई निर्देशन दिएका छन् ।

आइतबार साझ भने अर्थमन्त्री डा. युवराज खतिवडाले सम्मेलनको समापन गर्ने बताइएको छ । लघुवित्त सदस्यको पहिलो सम्मेलन २०७३ साल जेठ २ गते काठमाडौँमा भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment