+
+
Shares

सामुहिक लगानीमा बन्ने भयो २५ मेगावाटको सेती खोला जलविद्युत आयोजना

अनलाइनखबर अनलाइनखबर
२०७५ मंसिर १६ गते १७:५८

१६ मंसिर, बुटवल । रुपन्देहीवासीकै डि्रम प्रोजेक्ट मानिएको २५ मेगावाट क्षमताको सेती खोला जलविद्युत् आयोजनाको निर्माण पकि्रया अगाडि बढेको छ ।

करिब ५ अर्बको लागतमा एक हजार बढी लगानीकर्ताको सामुहिक लगानीमा यो आयोजना कास्कीको माछापुच्छ्रे गाँउँपालिका २ को भराभुरी भन्ने स्थानमा बन्ने भएको हो ।

आयोजनालाई आगामी तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजनामा धेरैभन्दा धेरैको सहभागिता गराउने लक्ष्य राखिएको मातृ संस्था भिजन लुम्बिनीका अध्यक्ष जगतबहादुर पोखरेलले जानकारी दिए ।

‘जलश्रोतको अपार भण्डार,प्राकृतिक सम्पदाको मुहानसहित पर्यटकीय सौन्दर्यताले भरपूर नेपाल गरीब छैन,’ अध्यक्ष पोखरेलले अघि भने, ‘हामी धनी बनाएर सबैलाई आर्थिक समृद्धिसंग जोड्न चाहन्छौं ।’

नमूना आयोजनाका रुपमा अघि बढाउंदै निश्चित समयभित्रै सम्पन्न्ा गर्ने कार्ययोजना र अनावश्यक हुने खर्चको कटौती र नियन्त्रण गर्दै कमिशनलाई निरुत्साहित गर्ने पोखरेलले प्रतिबद्धता जनाए ।

भिजन लुम्बिनी अन्तर्गतको भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडले बुटवलमा पत्रकार सम्मेलन गर्दै आयोजनालाइ रुपन्देहीकै गौरवको रुपमा विकास गरिने जनाएको छ ।

आयोजनाको तत्तकालै निर्माण आरम्भ गरिने छ । आयोजनाको मंसिर ६ गते नेपाल विद्युत् प्राधिकरण र भिजन लुम्बिनी ऊर्जा कम्पनीबीच विद्युत् खरीद सम्झौता समेत भैसकेको छ ।

सम्झौता अनुसार आयोजनाबट उत्पादित विद्युत् बर्षायामको ६ महिना प्रतियुनिट चार रुपैयाँ ८० पैसा र हिउँदको ६ महिना मा प्रतियुनिट आठ रुपैया ४० पैसामा प्राधिकरणले खरिद गर्नेछ ।

प्राधिकरणका योजना अनुगमन तथा सूचना प्रविधि निर्देशनालयका उपकार्यकारी निर्देशक जगदिश्वरमान सिंह र कम्पनीका अध्यक्ष जगत पोखरेलले पीपीएमा हस्ताक्षर सहित सम्झौता गरेको आयोजनाका ईन्जिनियर लेखनाथ पाण्डेले बताए ।

आयोजनामा स्थानीयवासीलाईसमेत शेयर दिइने प्रवर्द्धक कम्पनीका प्राबिधिक इन्चार्ज रतनलाल अग्रवालले बताए ।

आयोजनाको ३० प्रतिशत स्वपुँजी रहने र ७० प्रतिशत बैंक तथा वित्तीय संस्थाका तर्फबाट ऋण लिइनेछ। स्वपुँजीमा बुटवल र कास्कीका लगानीकर्तालाईसमेत सहभागी गराइने ऊर्जा कम्पनीले जनाएको छ ।

बुटवलमा २०७५ सालमा स्थापित भिजन लुम्बिनीले शिक्षा,स्वास्थ्य, ब्यापार ब्यबसाय,अर्थ,कृषि,संचार, पर्यटन तथा ऊर्जामा फरकफरक आयोजना संचालन गर्ने दीगो लक्ष्य रहेको जनाएको छ ।

पत्रकार सम्मेलनमा आयोजनाका तर्फबाट ज्ञानेन्द्र कसजु,गोपालबहादुर पोखरेल, बालकृष्ण चापागार्इं, मनोज भट्टरार्इलगायतले बोल्दै रुपन्देहीकै ठूलो आयोजना निर्धारित समयभन्दा चाडै र नमूना बनाउनुपर्ने बताए ।

यसअघि साउन १७ गते पोखराको माछापुच्छ्रे गाउँपालिकासंग आयोजनाको १४ बुँदे सहमति भैसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?