Comments Add Comment

नेयमार र एम्बाप्पेको गोल तर पीएसजी बराबरीमै रोकियो

१७ मंसिर, काठमाडौं । स्टार खेलाडीले भरिएको पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च लिग वान फुटबलमा बोर्डेयक्ससँग बराबरीमा रोकिएको छ ।

आइतबार राति भएको खेलमा पीएसजी बोर्डेयक्ससँग २–२ गोलको बराबरीमा रोकिएको हो । नेयमार र केलियन एम्बाप्पेले गोल गरे पनि पीएसजीले जित निकाल्न सकेन । यता, बोर्डेयक्सका लागि भने जीमी ब्रान्ड र आन्ड्रियास कोर्निलसले गोल गरेका थिए ।

नेयमारले खेलको ३४औं मिनेटमा गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा लिएको अग्रता दोस्रो हाफमा जोगाउन नसक्दा पीएसजीले बराबरी खेलेको हो । खेलको ५३औं मिनेटमा ब्रान्डले गोल गर्दै बोर्डेयक्सलाई १–१ गोलको स्थितिमा पुर्‍याएका थिए । खेलको ६६औं मिनेटमा एम्बाप्पेले गोल गर्दै पीएसजीलाई २–१ गोलको अग्रता दिलाएका थिए ।

जित नजिक पुगेर पनि पीएसजी बराबरीमा रोकिन पुग्यो । खेलको ८४औं मिनेटमा बोर्डेयक्सका कोर्निलसले गोल गर्दै २–२ गोलको बराबरीमा पुर्‍याएका थिए ।

निरन्तर जित निकालेको जीएसजी १५औं खेलमा भने बराबरीमा टुंग्याएको हो । लिगको शीर्ष स्थानमा रहेको पीएसजीको १५ खेलबाट ४३ अंक बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment