Comments Add Comment

संवैधानिक परिषद्ले नयाँ प्रधानन्यायाधीश सिफारिस गरेन

१७ मंसिर, काठमाडौं । संवैधानिक परिषदमा नयाँ प्रधानन्यायाधीशका लागि न्याय परिषद्बाट सिफारिश भएका वरिष्ठतम दुई न्यायाधीशको नाम पेश भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार बसेको बैठकमा  न्याय परिषद्बाट सिफारिश भएका दीपकराज जोशी र चोलेन्द्रशम्शेर जबराको नाम पेश भएको राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिए ।

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक जारी रहेको हुँदा प्रतिपक्ष दलका नेताका लागि समय अभाव रहेकाले कुनै निर्णय नगरी बैठक सकिएको अध्यक्ष तिमिल्सिनाले बताए ।

परिषद्को अर्का बैठक २२ गते बोलाइएको छ ।

प्रधानन्यायाधीश ओमप्रकाश मिश्र आगामी पुस १८ गते उमेर हदका कारण सेवानिवृत्त हुँदैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment