१७ मंसिर, विराटनगर । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले संघीय सरकारले धेरै कानून बनाउन बाँकी रहेकाले चाँडो भन्दा चाँडो हिउँदे अधिवेशन बोलाउन सरकारलाई आग्रह गरेका छन् ।
सभामुख महराले ढिलोमा पुसको पहिलो साताभित्र हिउँदे अधिवेशन बोलाउन सरकारलाई आग्रह गरे ।
विराटनगर विमानस्थलमा सोमबार स्थानीय संचारकर्मीसँगको कुराकानीमा सभामुख महराले भने, ‘२१ फागुनभित्र ३ सय बढी कानून निर्माण गर्नुपर्ने समयसीमा छ, त्यसका लागि जतिसक्दौ चाँडो सरकारले हिउँदे अबिधेशन आब्हान गर्नु जरुरी छ ।’
उनले हिउँदे अधिवेशन बोलाउने बिषयमा प्रधानमन्त्रीसंग पनि छलफल भइरहेको पनि जानकारी दिए ।
उनले संविधानत् २१ फागुन भित्रको एक वर्षको समयमा संघीय संसदले ३ सय बढी संविधानसंग बाझिएका कानूनहरुको परिमार्जन र संसोधन गर्नु पर्ने जानकारी दिए ।
उनले गएको २१ फागुनमा संसद अबिधेशन सुरु भएकाले त्यसको एक वर्षभित्र संघीय संसादले ती कानून परिमार्जन र संसोधन गर्न अब तीन महिना मात्र बाँकी रहेको बताए ।
अर्को एक प्रसंगका सरकारको काम गर्ने दिशा स्प्रष्ट भएपनि कार्यान्वयको पक्षमा फितलो भएको टिप्पणी गरे ।
‘सरकारको कतिपय अबस्थामा प्रफमेश पुगेको छैन,सत्य कुरा हो,तर सरकालाई अप्ठ्यारो पनि छ,’ उनले भने, ‘बाहिर आलोचना गर्न जति सजिलो छ,सरकारले संघीयता कार्यान्वय गर्न यतिकै गाह्रो अबस्था छ ।’
उनले सरकारले पछिल्ला समय महिला हिंसाविरुद्धको अभियान र योगदानमा आधारित सामाजिक सुरक्षा कोषको कार्यक्रम लोकपि्रय रहने बताए ।
प्रतिक्रिया 4