Comments Add Comment

न्यूयोर्कमा १३ नेपाली र २ संस्थालाई ‘अतिथी सम्मान’

१८ मंसिर, काठमाडौं । १३ नेपाली र २ नेपाली संस्था न्यूयोर्कमा सम्मानित भएका छन् । अमेरिकाबाट सञ्चालित युएसनेपाल अनलाइनले आफ्नो ११ औं वार्षिकोत्सवको अवसरमा   व्यक्ति तथा संस्थालाई ‘अतिथी सम्मान’ प्रदान गरेको हो ।

सम्मानित हुनेहरुमा वरिष्ठ लोकगायक रामप्रसाद खनाल, महिला व्यवसायी शर्मिला शेरचन, वरिष्ठ नायिका विनिता बाँस्कोटा, महिला कर्पोरेट नेतृ रेणु शर्मा सापकोटा र सामाजिक अभियन्ता रोशन ढुङ्गाना छन् ।

त्यसैगरी, क्यानाडाकी महिला व्यवसायी तथा चित्रकार रश्मी थापा मगर, लोकगायक, गीतकर एवं संगीत सर्जक विमल डाँगी, र व्यवसायी, हेयरस्टाईलिस्ट एवं गीतकार पासाङ नुरु शेर्पा पनि अतिथि सम्मानद्वारा सम्मानित भएका छन्।

संस्थातर्फ मुस्ताङ किदुग युएसए (न्यूयोर्क) र खेलकुद कमिटी (युनाइटेड शेर्पा एशोसिएसन युएसए) सम्मानित भएको आयोजकले जनाएको छ ।

युवा प्रतिभा पहिचान पुरस्कारबाट युवा व्यवसायी एवं रेकर्डिङ आर्टिश विकाश खरेल, वातावरण, युवा मानवीय सामाजिक अभियन्ता एवं कलाकार पेमा छेवाङ शेर्पा, युवा चर्चित कलाकार सुष्मा खनाल, विद्यार्थी नेत्री अनामिका शर्मा पौडेल र छिरिङ ल्हामु शेर्पालाई सम्मानित भएका छन् ।

सम्मानित व्यक्तिहरुलाई  नेपाल सरकारका वाणिज्यदूत एवं साहित्यकार कृसु क्षेत्रीले कदर पत्र र परम्परागत खादा ओडाएर सम्मान गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment