Comments Add Comment

तीन दिनपछि फेला पर्‍यो रामबाबुको शव

१८ मंसिर, सप्तरी । माछा मार्न भन्दै नहरमा पसेका डाक्नेश्वरी नगरपालिका-३ हटैलका रामबाबु मुखियाको शव तीनदिन पछि भेटिएको छ ।

डाक्नेश्वरी नगरपालिका-६ फत्तेपुरस्थित कोशी पश्चिमी नहर र खड्ग खोलाको बीचमा जमेको पानीमा डुबेर वेपत्ता भएका २६ वर्षीय मुखियाको शव मंगलबार फेला परेको हो ।

मंगलबार काठमाडौंबाट आएको गोताखोरको टोलीले उनको शव निकालेको छ । प्रहरी निरीक्षक पुरुषोत्तम अधिकारीको नेतृत्वमा आएको गोताखोर टोलीले उनको शव बाहिर निकालेको प्रहरीले जनाएको छ । प्रहरी हबल्दार बलराम अधिकारीले उनको शव ३५ फिट तलबाट बाहिर निकालेका हुन् ।

आइतबार दिउँसो आफ्ना साथी रामलालसँग साइकलमा धान लिएर पातो बजारतर्फ बेच्न आउने क्रममा उनले खोलामा जमेको पानीमा माछा हेरेका थिए ।

माछा हेरेपछि उनी साइकल रोकेर माछा मार्न भित्र पसेको केही बेरमै वेपत्ता भएका थिए । उनको खोजीका लागि नेपाली सेना र प्रहरीको टोली, स्थानीयहरु समेत खटिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment