Comments Add Comment

काठमाडौंमा पक्राउ परेका महन्थलाई जनकपुर लगियो

२० मंसिर, जनकपुरधाम । बुधबार पक्राउ परेका रत्नसागर मन्दिरका महन्थ वैकुण्ठ दासलाई प्रहरीले बिहीबार सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाले पत्रकार सम्मेलन गरी उनलाई सार्वजनिक गरेको हो । जनकपुरधामको संस्कृत विद्यालय अन्तर्गत हजारी जनक विद्यापीठको भोग चलनमा रहेको गुठी जग्गा कीर्ते जालसाजी गरेर बेचेको आरोपमा उनी काठमाडौंमा पक्राउ परेका थिए ।

जनकपुरधाम ८ स्थित गुठीको जग्गाको नक्कली जग्गा धनी दर्ता श्रेस्ता बनाई आफ्नो हो भनी बेचेको आरोपमा उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाले दासविरुद्ध जिल्ला अदालतमा मुद्दा परेपछि उनको नाममा वारेन्ट जारी भएकाले पक्राउ गरेको बताएको छ । वारेण्ट जारी भएपछि फरार रहेका महन्थ बैकुण्ठ दासलाई काठमाडौं बागबजारको होटेल तिरुपतिबाट पक्राउ गरिएको प्रहरी उपरीक्षक गोविन्द थपलियाले जानकारी दिए ।

जनकपुरधाम उपमहानगरपालिका ८ मा रहेको दुई कित्ता जग्गाको स्वामित्व आफ्नो नाममा गराउन सरकारी छाप दस्तखत कीर्ते गरेको अभियोग लागेका अशोक शर्माको बयानका आधारमा बैकुण्ठ दासलाई पक्राउ गरेको हो । शर्मा पनि हाल प्रहरी हिरासतमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment