+

ए डिभिजन लिगः बीबीसी र मछिन्द्र गोलरहित बराबरीमा

२०७५ मंसिर  २० गते १७:१९ २०७५ मंसिर २० गते १७:१९
ए डिभिजन लिगः बीबीसी र मछिन्द्र गोलरहित बराबरीमा

२० मंसिर, काठमाडौं । शहिद स्मारक ए डिभिजन लिग फुटबलमा ब्रिगेड ब्वाइज क्लब (बीबीसी) र मछिन्द्र क्लबले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा बिहीबार सम्पन्न खेलमा दुबै टिमले बराबरी खेल्दै अंक बाँडेका हुन् । दुबै टिमले एकपछि अर्को गोल गर्ने राम्रो अवसर खेर फालेका थिए ।

मछिन्द्रले यो बराबरीसँगै अहिलेसम्मका ६ खेलमा जित हात पार्न सकेको छैन । मछिन्द्रको यो तेस्रो खेलमा बराबरी हो । यता, बीबीसीको भने यो पहिलो बराबरी खेल हो । बीबीसीले ६ खेलमध्ये चार खेलमा पराजित एक खेलमा जित र एक खेलमा बराबरी खेल्दै चार अंक बनाएको छ ।

बीबीसी लिगको १२औं स्थानमा रहंदा कुनै पनि खेल जित्न नसकेको मछिन्द्र ६ खेलबाट तीन अंक बनाएर लिगको १३औं स्थानमा छ ।

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय