Comments Add Comment

रत्नजीत र दिपेशको जोडी क्वाटरफाइनलबाटै आउट

काठमाडौं । काठमाडौंमा जारी नेपाल इन्टरनेशनल सिरिज ब्याडमिन्टन प्रतियोगिताको मेन्स डबल्समा रत्नजीत तामाङ र दिपेश धामीको जोडी क्वाटरफाइनलबाट बाहिरिएका छन् ।

हलचोकस्थित एपीएफको कभर्डहलमा बिहीबार सम्पन्न मेन्स डबल्सतर्फ नेपालका रन्नजीत तामाङ र दिपेश धामीको जोडी थाइल्यान्डका वारित सरापात र पनाचाई ओरासक्तयनानको जोडीसँग पराजित भएका हुन् ।

पहिलो सेट २१-१९ ले गुमाएको रत्नजीत र दिपेशले दोस्रो सेट भने २१-१६ ले जितेको थियो । तर अन्तिम सेटमा २१-१४ को सेटमा पराजित हुदै क्वाटरफाइनलबाटै बाहिरिएका हुन् ।

त्यस्तै वोमेन्स डबल्समा नेपालका जेसिका गुरुङ र सुनयना मुखियाको जोडी क्वाटरफाइनलबाटै बाहिरिएका छन् ।

मेन्स सिंगल्सतर्फ पनि रत्नजीत क्वाटरफाइनलबाटै बाहिरिएका छन् । उनी भारतका कौशल धर्मामेरसँग २१-१४, २४-२२ र २१-११ को सेटमा पराजित भए ।

मिक्स डबल्सतर्फ पनि नेपालको नतिजा शुन्य नै रहृयो । मिक्स डबल्समा नेपालका विकास श्रेष्ठ र सीता राईको जोडी भारतका राजु मोहम्मेद रेहन र अनिस कोव्सरको जोडीसँग पराजित हुन पुगे ।

मिक्स डबल्सतर्फ नै नेपालका दिपेश धामी र सोभा गौचन तथा विजित थापामगर र पुजा श्रेष्ठको जोडी पनि क्वाटरफाइनलबाटै बाहिरिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment