Comments Add Comment

सार्वजनिक र ऐलानी जग्गा खोज्दै इटहरी उपमहानगर

२१ मंसिर, सुनसरी । इटहरी उपमहानगरपालिकाले सार्वजनिक र ऐलानी जग्गा खोजी अभियान तीव्र बनाएको छ ।

उपमहानगर १३ नम्बरका वडाध्यक्ष शिवनारायण चौधरीको संयोजकत्वमा समिति बनाएर सार्वजनिक जग्गा खोजीमा उपमहानगर लागेको हो ।
वडाध्यक्ष चौधरीको समितिले सबै वडामा पुगेर सार्वजनिक जग्गा खोजी अभियान चलाइरहेको छ ।

वडाध्यक्ष चौधरीका अनुसार प्राविधिकसहित टोलीले प्रत्येक वडामा पुगेर अनुगमन गरी सार्वजनिक जग्गा खोजी गर्ने कार्यलाई तीव्रता दिँदै आएको छ ।

वडामा जनप्रतिनिधि,राजनीतिक दलका प्रतिनिधि र नागरिक समाज लगायतसँग सर्वपक्षीय छलफललाई पनि तीव्र बनाएको छ ।

वडा-वडामा गरिने छलफल र परामर्शवाट सार्वजनिक, पर्ति, ऐलानी जग्गा कहाँ कति छ भनेर जानकारी लिने काम भइरहेको अध्यक्ष चौधरीले बताए ।

कति छ इटहरीमा सार्वजनिक, पर्ति, ऐलानी जग्गा ?

इटहरी उपमहानगरकाले यसअघि इन्जिनियर विकास भट्टराईको संयोजकत्वमा बनेको ऐलानी पर्ति जग्गा खोजविन तथा संरक्षण समितिले निर्माण गरेको थियो ।

भट्टराईको संयोजकत्वको समितिले उपमहानगरमा प्रतिवेदन बुझाइसकेको छ । सो समितिले वुझाएको प्रतिवेदनमा खोलानाला, पोखरी, मठमन्दिरले चर्चेको सहित इटहरीमा ९ सय ९५ विगाह ६ कठ्ठा डेढधुर जग्गा ऐलानी, पर्ति, जग्गा रहेको छ ।

साविकको इटहरीमा २३० विगाह ७ धुर, खनारमा ३२६ विगाह, १९ कठ्ठा ११ धुर, एकम्वामा १७३ विगाह १६ कठ्ठा ११ धुर, पकलीमा १२२ विगाह ६ कठ्ठा ५ धुर र हाँसपोसामा १४१ विगाह १५ कठ्ठा १५ धुर जग्गा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment