Comments Add Comment

पोखराद्वारा भैरहवालाई २१६ रनको लक्ष्य, सुनिल, लेवी र कोएट्जरको विष्फोटक ब्याटिङ

२३ मंसिर, काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट प्रतियोगितामा पोखरा राइनोजले भैरहवा ग्लाडिएटर्सलाई २१६ रनको कीर्तिमानी चुनौती पेश गरेको छ ।

टियु क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा २१५ रन बनाएपछि भैरहवाले ठूलो लक्ष्य पाएको हो । यो लक्ष्य ईपीएलकै इतिहासमा सबै भन्दा ठूलो स्कोर हो । अहिलेसम्म ईपीएलको इतिहासमा २०० रनभन्दा स्कोर बनेको थिएन ।

पोखराका लागि रिचार्ड लेवीले उत्कृष्ट सुरुवात गर्दै ७९ रन बनाए । विष्फोटक ब्याटिङ गर्ने क्रममा उनले ३६ बलमा सात छक्का र सात चौका प्रहार गरेका थिए ।

पहिलो विकेटका लागि लेवीले कायल कोएट्जरसँग मिलेर १०४ रनको साँझेदारी गरेका थिए । त्यस्तै, तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका सुनिल धमलाले कोएट्जरसँग मिलेर ७२ रनको साँझेदारी गरे ।

कप्तान कोएट्जर अर्धशतक बनाउनबाट तीन रनले चुके । उनले ४७ रन बनाएर आउट भए । ३७ बलको सामना गरेका कप्तान कोएट्जरले चार चौका र दुई छक्का प्रहार गरेका थिए । यता, धमलाले २३ बलमा दुई छक्का र एक चौका प्रहार गर्दै ३८ रन बनाएर आउट भए । त्यस्तै, पाउल कौगलिनले अविजित २० रन बनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment