Comments Add Comment

चिसोमा हृदयघातको खतरा बढि, ‘मर्निङ वाक’ नगर्नु बेस

जाडो मौसम मुटुका रोगीहरुको लागि निकै खतरनाक हुन सक्छ । यो मौसममा चिसोसँग बच्न नसक्ने हृदयघातको समेत खतरा हुने विज्ञहरुले औंल्याएका छन् ।

मुटुको समस्या भएका मानिसहरुले यी दिनमा विशेष सावधानी अपनाउनुपर्छ । यो मौसममा चिसो हावाले शरीरको गर्मीपनालाई खोसेर लैजान्छ र रक्तनलीहरु खुम्चिन थाल्छन् । यसको असर मुटुमा रगतको आपूर्ती गर्ने धमनीहरुमा पनि पर्छ । त्यसैले मुटुरोगीहरुलाई हृदयघातको खतरा बढ्छ ।

बिहानको हावा हानिकारक

एक अध्ययनअनुसार बिहानको समयमा शरीरका रक्तनलीहरु संकुचित हुन्छन् । यस क्रममा हावामा पाइने धुवाँ र यसको खराब गुणले हृदयघातको जोखिम दुई गुणा हुन सक्छ ।

चिकित्सकहरुका अनुसार चिसोमा हावाको गति कम हुन्छ र आद्रताको स्तरमा वृद्धि हुन्छ । जसले गर्दा हावामा प्रदुषण बढ्न थाल्छ, किनभने प्रदुषित तत्व हावामा तलै रहन्छ, यताउता फैलन पाउँदैन ।

यहि प्रदुषित वायुमा भएका स-साना हानीकारक कणहरु सासको माध्यमले मुटुसम्म पुगेर मानिसलाई नोक्सान पुर्याँउछ ।

तुँवालोको असर

जाडोयामको सुरुवाती दिनमा तुँवालो लाग्नु सामान्य  हो । विशेषज्ञका अनुसार खोकी, घाँटी पोल्ने, आँखा पोल्ने, दम, फोक्सोको रोगलगायतको खतरा पनि बढाउँछ ।

के हो कारण ?

चिसो मौसममा प्रदुषणका कारण उत्पन्न भएका हानीकारक कणहरु जमिनको नजिकै घेरिएर रहेका हुन्छन् । यसले सास फेर्नमा समस्या र छातीमा संक्रमण पैदा गर्छ । उच्च रक्तचापको समस्या पनि हुन्छ ।

शरीरमा भिटामिन डीको कमी, कोलस्ट्रोल स्तर बढ्ने, रगतको आपूर्ति, रक्तसञ्चारमा गडबडी, पसिना नआउने र फोक्सोमा अतिरिक्त पानी जम्मा हुने जस्ता कारणले हृदयघातको जोखिम उच्च बनाउँछ ।

खतराको संकेत

हृदयघातबाट बच्नको लागि हामीले यसको संकेततर्फ ध्यान दिनुपर्छ । छाती पोल्ने, बेचैनी हुने, लगातार रक्तचाप उच्च रहने, हात दुखेर छातीसम्म पुग्ने आदि यसका लक्षण हुन् ।

जुन अनुपातमा तपाईं पानी पिइरहनुहुन्छ, त्यसको तुलनामा पिसाब आएको छ कि छैन त्यो पनि विचार गर्नुहोस् । धेरै पानी पिउँदा पनि पिसाब कम आएको छ भने यसको मतलब फोक्सोमा अतिरिक्त पानी जम्मा भइरहेको हुन्छ । यस्तो अवस्थामा ढिलो नगरी तुरुन्त डाक्टरसँग जाँच गराउनुहोस् ।

सावधानीका उपाय

चिसो मौसममा हृदयघातबाट आफूलाई बचाउनको लागि तपाईंले निम्नअनुसारका सावधानीहरु अपनाउन सक्नुहुन्छ ।

१. आफैलाई न्यानो बनाउनुहोस्

चिसो मौसममा आफूलाई न्यानो कपडाले बेरेर राख्नुहोस् ताकि शरीरमा गर्मी पैदा होस् । तातोका लागि टाउकोमा टोपी, हातमा पन्जा र खुट्टामा मोजा लगाउनुहोस् ।

२. बिहानै चिसोमा नहिँड्नुस्

बिहान-बिहान घरबाट बाहिर निस्कन बन्द गर्नुहोस् । जाडो मौसममा मर्निङ वाक हानिकरक हुन्छ । चिसो र प्रदुषित हावा सासको माध्यमले शरीरमा जाने खतरा हुन्छ । घाम लागिसकेपछि वा दिउसोको समयमा घरबाट बाहिर निस्कनुहोस् । यो मौसममा वृद्धवृद्धा र बच्चाहरु बिहानै चिसोमा पैदल हिँड्नबाट बँच्नुपर्छ ।

३. मदिरा नपिउनुहोस्

चिसोमा अल्कोहलको सेवनले हृदयघातको खतरा बढाउन सक्छ । किनभने यसले बाहिर गर्मी महसुस गराउँछ तर भित्री अंगहरुमा चिसो हुन्छ । जसले हृदयघातको खतरा बढ्छ ।

४. खानुहोस् पौष्टिक आहार

मानिसहरु जाडोमा तात्तातो तारेका खाना, लोकल घिउ, माछा-मासु, सुप, उच्च प्रोटिनययुक्त खाद्यपदार्थको सेवन धेरै गर्छन् । तर, यस्ता चीजहरु स्वास्थ्यको लागि हानीकारक हुन्छन् किनभने यस्ता खाना पच्न धेरै समय लाग्छ ।

धेरै शारीरिक श्रम नगर्नाले जाडोमा पाचन क्रिया बिग्रन्छ र कोलस्ट्रोल बढ्ने सम्भावना पनि धेरै हुन्छ । त्यसैले जाडोमा हल्का र सन्तुलित भोजन खानुहोस् ।

५. घरमै गर्नुहोस् योगा र व्यायाम

चिसोमा बिहानै घरबाहिर गएर व्यायाम गर्नु वा मर्निङवाक गर्नुुभन्दा घरमै एक्सरसाइज गर्नुहोस् । घरमै बसीबसी तपाईं योगा, मेडिटेसन र वर्कआउट गर्न सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment