Comments Add Comment

अर्थ र कृषि समितिको बैठक कोरम नपुगेपछि स्थगित

२५ मंसिर, काठमाडौं । मंगलबार बिहान सिंहदरबारमा बोलाइएको संघीय संसद अन्तरगतको अर्थ र कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको संयुक्त बैठक कोरम नपुगेपछि स्थगित भएको छ ।

अर्थ समितिका अधिकांश सांसदहरुको अनुपस्थित भएपछि बिहान साँढे ११ बजेका लागि बोलाइएको बैठक बस्दै नबसी स्थगित भएको हो । साढे १२ बजेसम्म पर्खदा पनि कोरम नपुगेपछि बैठक बस्न नसकेको हो । सांसदहरुको कार्य व्यस्तताका कारण बैठक स्थगित भएको अर्थ समितिका सभापति कृष्णप्रसाद दाहालले जानकारी दिए ।

संयुक्त बैठकका लागि मर्स्याङ्दी–२ जलविद्युत आयोजनाको लाइसेन्स खरिद बिक्रीबारे विस्तृत छलफल गर्ने कार्यसूची तय गरिएको थियो । भारतीय कम्पनी जिएमआरले सो जलविद्युत आयोजनाको लाइसेन्स विक्री गरेपछि तत्सम्बन्धमा अध्ययन गर्न दुवै समितिको संयुक्त बैठक बोलाइएको थियो ।

लाइसेन्स लिने तर आयोजनाको काम अघि नबढाउने कम्पनीलाई कार्वाहीको दायरामा ल्याउने विषयमा छलफल गर्न दुवै समितिको संयुक्त बैठक बोलाइएको पनि अर्थ समितिका सभापति दाहालले बताए ।

अर्थ समितिले सो सम्बन्धमा छानवीन गर्न उपसमिति गठन गर्ने योजना पनि बनाएको छ । संयुक्त बैठक बस्ने अवस्था नभए उपसमिति बनाएर भए पनि सो लाईसेन्स खरिद सम्बन्धमा आवश्यक छानवीनको कामलाई अघि बढाउने योजना रहेको अर्थ समितिका सभापति दाहालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment