+
+

कांग्रेसलाई पूर्वराष्ट्रपतिको प्रश्न : महासमिति बैठक किन वीरगञ्जमा नगरेको ?

अनलाइनखबर अनलाइनखबर
२०७५ मंसिर २८ गते ५:३५

२७ मंसिर, काठमाडौं । पूर्वराष्ट्रपति डा. रामवरण यादवले कांग्रेस तराई मधेसका जनताबाट टाढिँदै गएको टिप्पणी गरेका छन् । राष्ट्रपति भएका दिनदेखि नै आफूले कांग्रेस छाडेको तर, कांग्रेसको ट्रेनिङ पाएकाले आफूमा प्रभाव रहेको बताए ।

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलद्वारा लिखित ‘नेपाली कांग्रेस र समाजवाद पुनर्निर्माणको मार्ग चित्र’ नामक पुस्तकको बिहीबार विमोचन गर्दै यादवले कांग्रेसले तराई मधेसका कार्यकतालाई पनि बिर्सदै गएको गुनासो गरे ।

उनले भने, ‘वीपी कोइराला, गणेशमानजी, कृष्णप्रसाद होइन तर, चिन्ता जाग्छ । तपाईहरुको महासमिति किन वीरगञ्जमा भइरहेको छैन ? किन काठमाडौंमा भइरहेको छ ?’

वीपी, गणशेमान कृष्णप्रसाद लगायतका नेता १० दिन पर्सामा बसेको तथा गिरिजाप्रसाद कोइराला पनि मोरङमा जाने गरेको स्मरण गर्दै उनले प्रश्न गरे, आज कांग्रेसको कुन नेता छ, जो जिल्लामा गएर कार्यकर्ताको घरमा बस्छ ?’

पूर्वराष्ट्रपति यादवले कांग्रेस नेतृत्वले नै कार्यकर्तालाई दुस्मनजस्तै व्यवहार गर्ने गरेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?