+
+

सरकारी वकिलहरुको राष्ट्रिय सम्मेलन पुस ८ गतेदेखि काठमाडौंमा

अनलाइनखबर अनलाइनखबर
२०७५ मंसिर २८ गते १६:५९

२८ मंसिर, काठमाडौं । सरकारी वकिलहरुको दोसो राष्ट्रिय सम्मेलन आगामी पुस ८, ९ र १० गते काठमाडौंमा हुने भएको छ ।

महान्यायाधिवक्ताको कार्यालयले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी नेपालका सरकारी वकिलहरुको दोस्रो राष्ट्रिय सम्मेलनको कार्यक्रमबारे औपचारिक जानकारी गराएको हो ।

पुस ८ गते राष्ट्रपति विद्या भण्डारीले काठमाडौंको राष्ट्रिय सभागृहमा सो सम्मेलनको उद्घाटन गर्ने कार्यक्रम तय गरिएको महान्याधिवक्ता अग्नीप्रसाद खरेलले जानकारी दिए । तीन दिनसम्म चल्ने सम्मेलनको समापन उपराष्ट्रपति नन्दबहादुुर पुनले पुस १० गते गर्नेछन् ।

सम्मेलनमा नयाँ मुलुकी ऐनको प्रभावकारी कार्यान्वयनका लागि साझा अवधारणा तय गर्ने उद्देश्य राखिएको छ । तीनै उद्देश्यमा केन्दि्रत भएर सम्मेलनमा छलफल हुने पनि महान्यायाधिवक्ता खरेलले बताए ।

सम्मेलनमा महान्यायाधिवक्ता, २३ जना सहमहान्यायाधिवक्तासहित ३ सय ७९ जना सरकारी वकिलहरु सहभागी हुनेछन । ‘वैज्ञानिक र बस्तुनिष्ठ अभियोजनः अपराध संहिताको प्रभावकारी कार्यान्वयन’ भन्ने मूल नाराका साथ आयोजना गर्न लागिएको सो सम्मेलनमा ८० जनाभन्दा बढी प्रतिनिधिहरु पर्यवेक्षकको रुपमा सहभागी हुने पनि महान्यायाधिवक्ताको कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?