Comments Add Comment

अफ्रिकन फुटबलर अफ दी इयरको अवार्ड दोस्रोपटक पनि सलाहको पोल्टामा

२९ मंसिर, काठमाडौं । इजिप्ट र लिभरपुलका फरवार्ड मोहम्मद सलाहले दोस्रोपटक अफ्रिकन फुटबलर अफ दी इयरको अवार्ड जितेका छन् ।

बेलायती सञ्चार संस्था बीबीसीले हरेक वर्ष प्रदान गर्ने अफ्रिकन फुटबलर अफ दी इयर अवार्डका लागि पाँच जनाको नाम अन्तिम सूचीमा राखेको थियो । दौडमा मेधी बेनाटिया, कलिदो कुलिबली, साडियो म्यान र थोमस पार्टी थिए । तर, २६ वर्षीय सलाहले यी सबैभन्दा बढी भोट ल्याएर दोस्रोपटक पनि अवार्ड आफ्नो पोल्टामा पारेका छन् ।

प्रिमियर लिगको वर्ष खेलाडी सलाहले लिभरपुलको अन्तिम सिजनमा भएका ५२ खेलमा ४४ गोल गरेका थिए ।

सलाहले बीबीसी अफ्रिकन खेलाडीका रुपमा पुनः छनोट हुँदा खुसी लागेको प्रतिक्रिया दिएका छन् । उनले अर्को वर्ष पनि यो उपाधि जित्ने बताएका छन् । ‘पुनः यो उपाधि जित्दा म खुसी भएको छु । र, अर्को वर्ष पनि यो मैले नै जित्ने छु’, उनले प्रशन्नता व्यक्त गर्दै भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment