Comments Add Comment

अर्जेन्टिनी क्लब बोका जुनियर्सका मुख्य प्रशिक्षकद्वारा राजीनामा

१ पुस, काठमाडौं । अर्जेन्टिनाको फुटबल क्लब बोका जुनियर्सका मुख्य प्रशिक्षकले पदबाट राजीनामा दिएका छन् ।

हालै मड्रिडमा दोस्रो चरणमा भएको फाइनल खेलमा चिर प्रतिद्वन्द्वी रिभर प्लेट क्लबसँग पराजित भएकाले मुख्य प्रशिक्षक गुइलार्मो बारोस शेलेटोले राजीनामा दिएका हुन् । रिभर प्लेटले बोका जुनियर्सलाई ३-१ ले हराउँदै कोपा लिबर्टाडोरेसको उपाधि जितेको थियो ।

दुवै क्लबको फाइनलको पहिलो खेल २-२ को बराबरीमा सकिएको थियो । दोस्रो चरणमा ३-१ को नतिजा निकाल्दै रिभर प्लेटले उपाधी आफ्नो पक्षमा पार्न सफल भयो ।

बोका जुनियर्सका पूर्वस्ट्राइकर शेलेटो विगत एक वर्षदेखि मुख्य प्रशिक्षक थिए । उनले भनेका छन्, ‘फाइनलमा हार्नुको पीडासँगै मलाई यो कुराले शान्ति मिल्नेछ कि मैले शतप्रतिशत दिएँ ।’

यसअघि दोस्रो चरणको म्याच २४ नोभेम्बरमा एस्टाडियो मोनुमेन्टलमा आयोजना हुनेवाला थियो । तर, खेल सुरु हुनुभन्दा केही समय अगाडि रिभर प्लेटका प्रशंसकले बोका जुनियर्सका खेलाडीहरु चढेको बसमा आक्रमण गरेका थिए । आक्रमणबाट केही खेलाडी घाइते पनि भए । त्यसपछि दक्षिण अमेरिकी फुटबल महासंघले उक्त खेल रद्द गरिदिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment