+
+
Shares

फागूण १७ मा ‘जात्रै जात्रा’ नआउने

अनलाइनखबर अनलाइनखबर
२०७५ पुष १ गते ११:०५

फागूण १७ गतेलाई प्रदर्शन मिति तोकेर छायांकनमा गएको चलचित्र ‘जात्रै जात्रा’को निर्माण टिमले अब यो मितिमा चलचित्र रिलिज हुन नसक्ने बताएको छ । चलचित्रका निर्देशक प्रदिप भट्टराइले अनलाइनखबरसँग भने–‘हामी तोकिएको मितिमा चलचित्र रिलिज गर्न असमर्थ छौ । नायक विपिन कार्की दुर्घटनामा परेर घाइते भएपछि अहिले छायांकन रोकिएको छ । यसैले सो मितिमा चलचित्र रिलिज गर्न नसक्ने भएका हौं ।’

केही दिन अगाडि चलचित्रको छायांकनमा जाने क्रममा नायक कार्की मोटरसाइकल दुर्घटनामा परेका थिए । प्रदिप भट्टराइको निर्देशनमा तयार भएको यो चलचित्रमा विपिन कार्कीको साथमा बर्षा राउत, रविन्द्र सिंह बाँनियाको मुख्य भूमिका छ । चलचित्रको टिजर समेत सार्वजनिक भैसकेको छ ।

अर्को प्रदर्शन मिति चाडै नै सार्वजनिक गर्ने यसको निर्माणपक्षले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?