गायक प्रमोद खरेलले पहिलो पटक भजन संग्रह सार्वजनिक गरेका छन् । उनले भजनलाई संगीतको मुख्य साधना समेत भनेका छन् । उनले सार्वजनिक गरेको भजन संग्रहको नाम ‘ज्ञान सुधा’ राखिएको छ । गीतकारद्धय किरण खरेल र रत्नशमशेर थापाले एल्बमको विमोचन गरेका हुन् ।
कार्यक्रममा गायक रामकृष्ण ढकाल, संगीतकार राजु सिंह, संगीतकार संघ नेपालका अध्यक्ष शान्तिराम राई, संगीतकार चेतन सापकोटा, राम सिटौला, गायक सनुप पौडेल लगायतका श्रष्टाहरु उपस्थित थिए ।
नीरभीमको शब्द, दिपक भट्टराईको संगीत रहेको भजनसंग्रहमा प्रमोद खरेलको आवाज छ । यो एल्बममा ५ वटा भजनहरु समावेश गरिएको छ । गायक प्रमोद खरेलले भजनसंग्रह ६ महिना अघि तयार भएको भए पनि रियालिटी शोका कारण ढिलो भएको बताए ।
ज्ञान सुधामा प्रभु तिम्रो, सत्चित्त गरिकन, हरिको द्वारसम्म पुग्न, सुसुप्ति ब्रम्हा सारा, पाथिभारा माता जस्ता भजन संग्रहित छन् ।
प्रतिक्रिया 4