News Summary
Generated by OK AI. Editorially reviewed.- गायक प्रमोद खरेल र जुम्लाकी सृष्टि बुढाको स्वर रहेको गीत ‘सलल कर्णाली’ सार्वजनिक गरिएको छ ।
- जुम्ला सिन्जाकी १४ वर्षीया बुढालाई गायक खरेलले पहिलो पटक गीत गाउने अवसर दिनुभएको हो ।
- सोही अवसरमा गायक खरेल कुरिअर सेवा कम्पनी गाउँबेशी लजिस्टिकको व्यावसायिक दूतमा नियुक्त हुनुभएको छ ।
काठमाडौँ । ‘प्रमोद एण्ड परम्परा ब्याण्ड’को अफिसियल गीत ‘सलल कर्णाली’ सार्वजनिक गरिएको छ । एप्रिकस क्याफेमा आयोजित कार्यक्रममा भिडियो सार्वजनिक गरियो ।
भिडियोका लागी सहयोगी संस्था गाउँबेशी लजिस्टिकको आयोजनामा सम्पन्न कार्यक्रममा भिडियोको निर्माण टिम र कलाकार टिमको उपस्थिती थियो ।
गीतमा परम्परा ब्याण्डका प्रमुख भोकलिस्ट प्रमोद खरेलको आवाज छ भने सर्पोटिङ आवाज सृष्टि बुढाको छ । गीतमा शब्द र संगीत सुरज थापाको छ । संगीत संयोजनको काम परम्परा ब्याण्ड र सुरज थापाको टिमले गरेको हो ।
भिडियोमा गायक खरेलसँगै मोडल अश्विनी शाहीको अभिनय देख्न सकिन्छ । भिडियो कर्णालीमै पुगेर खिचिएको छ । सुन्दर दृश्य क्यामेरामा कैद गर्ने काम अर्जुन तिवारीको टिमले गरेको छ भने निर्देशन लक्ष्मण पौड्यालले गरेका हुन् । सम्पादन मिलन विश्वकर्माले गरेका हुन् ।
गायक खरेलले यस गीतलाई ब्याण्डको प्रतिक्षित गीतको रुपमा लिएको जानकारी दिए । गीतको अडियो र भिडियोको पार्टमा आफ्नो टिमले धेरै मिहिनत गरेको भन्दै अब दर्शकमाफ खुल्ला प्रतिक्रियाका लागी छाडिएको जानकारी गराएका छन् ।
जुम्ला सिन्जाकी १४ वर्षीय सृष्टि बुढाले गायनमा प्रमोदलाई साथ दिएकी छिन् । मौलिक आवाज खोज्दै प्रमोदले उनलाइ पहिलो पटक गीत गाउने अवसर दिएका छन् । गीत प्रमोद खरेल अफिसियल च्यानलमा सुन्न सकिन्छ ।
सोही अवसरमा गायक खरेल कुरिअर सर्भिस कम्पनी गाउँबेशी लजिस्टिकको व्यवसायिक दूतमा नियुक्त भए । दुबैपक्ष बिच सम्झौतापत्रमा हस्ताक्षर समेत भएको थियो ।
कार्यक्रममा प्रमोद ले भिडियो छायांकन गरिएको जुम्लाको तल्फी गाउँस्थित एक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई आफ्नो तर्फबाट शैक्षिक सामग्री सहयोग गर्ने घोषणा समेत गरे ।


प्रतिक्रिया 4