Comments Add Comment

बीबीसीसँग पुलिस रोकियो, अभिषेकले हारबाट बचाए

४ पुस, काठमाडौं । शहिद स्मारक ए डिभिजन लिग फुटबलमा विभागीय टिम नेपाल पुलिस क्लबले ब्रिगेड ब्वाइज क्लब (बीबीसी)सँग १-१ गोलको बराबरी खेलेको छ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा आज भएको खेलमा पुलिसले कमजोर मानिएको बीबीसीसँग बराबरी खेल्दै अंक बाँडेको हो । बीबीसीविरुद्ध पुलिसले निकै फितलो प्रदर्शन गर्‍यो । सुरुवाती समयमै गोल खाएको पुलिसले राम्रो प्रदर्शन गर्न सकेनन् ।

खेलको पाँचौं मिनेटमा नै कजिम बुसारीले गोल गर्दै बीबीसीलाई सुरुवाती अग्रता बनाएको थियो । पहिलो हाफसम्म एक गोलले पछि परेको पुलिसले खेलको दोस्रो हाफमा गोल गर्दै बराबरी बनाएको हो । पुलिसका लागि अभिषेक रिजालले खेलको ७५औं मिनेटमा गोल गर्न सफल भएका थिए ।

बराबरीसँगै पुलिसले ९ खेलबाट १५ अंक बनाएको छ । यता, बीबीसीको भने ९ खेलबाट पाँच अंक रहेको छ । लिगको शीर्ष स्थानमा भने मनाङ मर्स्याङ्दी क्लब रहेको छ । मनाङको ९ खेलबाट २७ अंक रहेको छ । त्यस्तै, दोस्रो स्थानमा रहेको संकटाको ९ खेलबाट २४ अंक रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment