Comments Add Comment

म्याक्सवेल भन्छन्ः सन्दीप ‘स्मार्ट’ बलर

काठमाडौं । अष्ट्रेलियामा जारी बिग ब्यास लिगमा आज नेपालका सन्दीप लामिछानेले को टिम मेलबर्न स्टार्सले पहिलो खेल खेल्दैछ । सिड्नी थन्डर्सविरुद्धको यो खेलबाट सन्दिपले डेब्यू गर्ने सम्भावना बलियो छ ।

खेलको पूर्वसन्ध्यामा मेलबर्न स्टार्सका कप्तान ग्लेन म्याक्सवेलले सन्दिपको प्रशंसा गर्दै उनीबाट धेरै आशा राखिएको बताएका छन् । आईपीलमा उनको खेलबाट आफू प्रभावित बनेको म्याक्सवेलको भनाइ छ ।

‘मैल आईपीएलका केही खेलमा उनको बलिङ हेरेको थिएँ, उनमा ब्याट्सम्यानलाई छक्याउने कला छ,’ म्याक्सवेलले भने, ‘उनी हाम्रो टिमका स्टार हुन् ।’

शारीरिक रुपमा धेरै बलियो नभए पनि सन्दिपको बलिङ ‘स्मार्ट’ भएको म्याक्सवेल बताउँछन् । क‘नेटमा प्राक्टिस गर्दा मलाई उनको बलिङ बुझ्न धेरै दिन लाग्यो । म उनलाई सिधा हान्ने प्रयास गर्थेँ र बोल्ड हुन्थे । आशा छ बीबीएलमा उनको बलिङले विपक्षी ब्याट्सम्यानहरुलाई हैरान बनाउने छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment