Comments Add Comment

कैलाली कारागारबाट भागेका कैदी २ वर्षपछि पक्राउ

६ पुस, काठमाडौं । महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुको टोलीले जिल्ला कारागार, कैलालीबाट फरार एक जनालाई पक्राउ गरेको छ ।

मानव बेचबिखनसम्बन्धी मुद्दामा कैद सजाय भुक्तान गर्दै गर्दा फरार भएका धनगढी–६, जालीका ३५ वर्षीय सुरज कोलीलाई पक्राउ गरिएको हो ।

महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहका अनुसार अदालतबाट १२ वर्ष कैद सजाय तोकिएका उनी ९ वर्ष ३ महिना कैद सजाय भुक्तान गरेर २० असोज ०७३ मा फरार भएका थिए । उनी काठमाडौंको सीतापाइलामा बसिरहेको सूचनाको आधारमा खटिएको महाशाखाको टोलीले उनलाई पक्राउ गरेको सिंहले बताए ।

उनका अनुसार पक्राउ परेका कोलीलाई कैलाली कारागार पठाउने तयारी भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment