+
+

सिन्धुपाल्चोकमा ४.७ रेक्टरको भूकम्प, काठमाडौंमा पनि धक्का

अनलाइनखबर अनलाइनखबर
२०७५ पुष ८ गते ८:०८

८ पुस, काठमाडौं । सिन्धुपाल्चोकलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको छ । आइतबार बिहान पाँच बजेर ६ मिनेट जाँदा भूकम्प गएको हो ।

४ दशमलव ७ म्याग्निच्युटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको धक्का काठमाडौं उपत्यकामा समेत महसुस भएको थियो ।

२०७२ वैशाख १२ को भूकम्पपछि त्यसका पराकम्पहरु पछिसम्म पनि आइरहेका थिए । तर, आइतबार बिहान पराकम्प नभइ भूकम्प नै गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

२०७२ सालको भूकम्पले सबैभन्दा बढी क्षति सिन्धुपाल्चोक जिल्लामा भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?