Comments Add Comment

सर्यो ‘लभ स्टेशन’, निर्देशक प्रचारमा नहिड्ने

मल्टिप्लेक्समा सबैभन्दा शक्तिशाली मानिएको क्यूएफएक्सका संचालक नकिम उद्दिनले निर्माण गरेको ‘द म्यान फ्रम काठमाण्डौ’ चैत्र १ गतेबाट रिलिज हुने भएपछि निर्माता गोविन्द शाहीले आफू निर्मित चलचित्र ‘लभ स्टेशन’को प्रदर्शन मिति सारेका छन् । चलचित्रको प्रदर्शन मिति सार्वजनिक गरिएको एक दिन पनि नवित्दै यसलाई पछाडि धकेल्ने निर्णय गरिएको हो । नयाँ मिति सार्वजनिक नगरिएतापनि चैत्र ८ गते चलचित्र आउने संभावना छ ।

चलचित्रमा प्रदिप खड्का र जसिता गुरुङको मुख्य भूमिका छ । यो चलचित्रलाई उज्ज्वल घिमिरेले निर्देशन गरेका हुन् । अनलाइनखबरसँगको एक भेटमा निर्देशक घिमिरेले आफू चलचित्रको प्रचारमा नहिड्ने बताए । उनले अनौपचारिक कुराकानीमा भने–‘म कुनै पनि चलचित्रको प्रचारमा हिडेको छैनँ । यसपटक पनि हिड्दिनँ । चलचित्रको प्रदर्शन मितिको बारेमा पनि मलाई जानकारी छैन ।’

चलचित्रको इन्डक्ल्यापमै निर्माता शाही र निर्देशक घिमिरेविचको असमझदारी देखिएको थियो । दुइले २ तिर केक काटेपछि उनीहरुविच फाटो आएको प्रष्ट देखिएको थियो । यसको असर चलचित्रको प्रचारमा पनि देखिनेछ ।
सिक्किम, दार्जिलिङ्ग लगायतका स्थानमा खिचिएको यो चलचित्रमा प्रदिप सांगीतिक क्षेत्रमा लागेको यूवाको भूमिकामा देखिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment