Comments Add Comment

इन्डोनेसियामा विना भूकम्प कसरी आयो सुनामी ?

८ पुस, काठमाडौं । ज्वालामुुखीको तस्वीरु कैद गर्ने अस्ट्रिन एन्डरसन त्यसबेला जाभा द्वीपको पश्चिमोत्तर तटमा थिए, जतिबेला खरतनाक सुनामीले इण्डोनेसियामा वितण्डा मच्याउन थाल्यो ।

एन्डरसनका अनुसार आश्चर्य कुरा यो छ कि भूकम्प आएन तर, समुन्द्रमा केही मिटर अग्लो छाल उठ्न थाल्यो । यस्तै दुई छाल जाभा द्वीपतर्फ बढेको थियो ।

उनले बीबीसीलाई भनेका छन्, अचानक मैले देखेँ कि यो छाल तीव्र गतिमा बढिरहेको छ र ज्यान बचाउन म यहाँबाट भाग्नुपर्छ । पहिलो छाल त्यति शक्तिशाली थिएन, त्यसमा मा सहजै बचेँ ।’

दोस्रो छल निकै खतरनाक थियो र यसका कारण दजनौं मानिस मृत्युको मुखमा पुगे । सयौं घाइते भएका छन्, भवनको नापनक्का छैन, गाडीहरु भग्नावशेषमा पुरिएका छन् ।

इण्डोनेसियाका अधिकारीहरुका अनुसार अहिलेसम्म मृतकको संख्या १६८ पुगेको छ, जाभा र सुमात्राको कयौं समुन्द्री तटमा पानीले ठूलो क्षति पुर्‍याएको छ ।

सरकारका अनुसार ७०० भन्दा बढी घाइते भएका छन्, कयौं मानिसहरु अहिले पनि हराइरहेका छन् । प्रभावित क्षेत्रमा आपतकालीन राहत पुर्‍याउने प्रयास भइरहेको छ ।

यसो त इण्डोनेसियामा पहिले पनि सुनामी आएको छ, जसबाट ठूलो संख्यामा मानिसले ज्यान गुमाएका छन् । तर, यो पटक भूकम्प आएको थिएन । त्यसैले प्रशासनले सुनामीको चेतावनी पनि दिएन ।

क्रेकाटोआ ज्वालामुखीमा शुक्रबार र शनिबार केही विस्फोट रेकर्ड भएको थियो । एन्डरसन भन्छन्, यो खतरनाक छालहरु तटमा पुग्नु अघि कुनै पनि हलचल (ज्वालामुखीय) थिएन । चारैतिर अँध्यारो नै अँध्यारो थियो ।’

अग्लो छालको पहिलो झड्का स्थानीय समयअनुसार राति साढे नौ बजे आएको थियो ।

विशेषज्ञहरु अहिले यो खोजीमा जुटेका छन् कि आखिर सुनामी आउनुको कारण के हो ? प्रारम्भीक अनुमानमा भने क्रेकाटोआ ज्वालामुखी विस्फोटपछि सोडा खाडीको पानीभित्र भएको भूस्खलका कारण सुनामी आएको हुनसक्छ । सोडा खाडी जाभा र बोर्नियो द्वीपलाई अलग गर्छ ।

इण्डानेसियाको विपद् नियन्त्रण एजेन्सीका प्रमुख सुतोपो पूर्वो नूग्रोहोले सुनामी आउनुअघि रडेर्क भएको भूकम्पीय गतिविधिका आधारमा यो अनुमान लगाइएको बताए । उनकाअनुसार पहिलो कारण क्रेकाटोआ ज्वालामुखी विस्फोटपछि पानीभित्र भूस्खलन हुनु र दोस्रो पूर्णिमाका कारण समुन्द्रमा हाइ टाइड अर्थात छाल उच्च उठ्नु हो ।

थप तस्वीरहरु 

तस्वीरहरु : डेलिमेलबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment