+
+

हलमा नचल्दै ‘जय श्री दाम’को १५ मिनेटको दृश्य सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०७५ पुष ९ गते १६:२८

हलमा चलचित्र चलेको करिब आधा बर्षपछि धेरै निर्माताले सुरुमा १५ मिनेटको दृश्य युटुबमहा सार्वजनिक गर्छन् । यो दृश्यले राम्रै चर्चा पाएपछि मात्र पुरा चलचित्र युटुबमा आउने गर्छ । तर, पौषको २० गतेबाट रिलिज हुन लागेको चलचित्र ‘जय श्री दाम’को निर्माणपक्षले भने चलचित्र रिलिज अगावै सुरुवातको १५ मिनेट युटुबमा सार्वजनिक गरेको छ ।

यसका निर्देशक विप्लप उप्रेतीले दर्शकलाई सुरुवातकै १५ मिनेटको दृश्य मन परेको खण्डमा हलमा आउने बताए । उनले भने–‘हामीले एउटा नयाँ प्रयोग गरेका हौ । सुरुवाती १५ मिनेटको दृश्यले दर्शकलाई आकर्षित गरेको खण्डमा पक्कै पनि उहाँहरु हलमा आउनुहुनेछ भन्ने हामीलाई लागेको छ ।’

दामका लागि हुने संघर्षको कथालाई कमेडीमा प्रस्तुत गरिएको यो चलचित्रमा अमृत ढुंगाना, विनोद न्यौपाने, राजन खतिवडा, प्रमोद अग्रहरि, जेबिका कार्की, विष्णु सापकोटा लगायतका कलाकारको मुख्य भूमिका छ ।
चलचित्रका कार्यकारी निर्माता पृथ्वी उप्रेती र मनोज उप्रेती हुन् । चलचित्रमा सुशान्त गौतमको संगीत, मित्र डी गुरुङको सम्पादन, विप्लप उप्रेती र अमरदिप सापकोटाको पटकथा, नवराज उप्रेतीको छायांकन, प्रविण आचार्यको डीओपी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?