Comments Add Comment

प्रदेश ३ सरकारले प्रादेशिक विश्वविद्यालय गठन गर्ने

९ पुस, हेटौंडा । प्रदेश ३ सरकारले प्रादेशिक विश्वविद्यालय गठन गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले विश्वविद्यालय गठनका लागि सामाजिक विकास मन्त्रालयले अध्ययन कार्यदल गठन निर्णय गरेको हो ।

बैठकले आन्तरिक मामिला तथा कानुन मन्त्रालयले पेश गरेका शान्ति पार्क छनोट गरी निर्माण गर्न स्थान छनोट गर्ने, प्रदेशसभाका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमीक सुविधा सम्बन्धी ऐन २०७५ को अनुसुची १ र २ तथा  ऐनको संसोधन गर्न बनेको विधेयक स्वीकृत गरेको छ ।

त्यसैगरी भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले पेश गरेको सहकारीमा आधारित सामूहिक खेती स्किम सञ्चालन गर्नेसमेत निर्णय गरेको आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment