Comments Add Comment

कविताले भनिन्-आफ्नै बलबुँतामा अमेरिका आएकी हुँ, बिहे गर्न बाँकी छ

१० पुस, काठमाडौं । नेकपाका नेता जनार्दन शर्मा ‘प्रभाकर’की छोरी कविताले आफूले बिहे नगरेको तर बिहे गर्ने केटाको अमेरिकास्थित दिदीको घरमा बसिरहेको बताएकी छन् । उनले आफ्नो व्यक्तिगत जीवनमा चासो नदिन पनि अनुरोध गरेकी छन् ।

कविताले चितवनका आलोकप्रताप राणासँग सम्बन्धमा रहेको भने स्वीकार गरेकी छन् । उनले भनेकी छन्, ‘म विवाहित होइन, म उसको दिज्युको घरमा बसेको हुँ, पढाइभर पैसा नपरोस् भनेर । हामी बिहे गर्नेछौं । ।’

तर, उनले आफ्नो व्यक्तिगत जीवनमा चासो नदिन अनुरोध गरेकी छिन् । उनले भनेकी छन्, ‘मैले कोसँग बिहे गर्छु, कुन जातभातसँग, त्यसको चासो लिनुपर्दैन । विवाह मेरो ब्यक्तिगत कुरा हो । म कोसँग, कहिले, कसरी गर्छु त्यो मेरो कुरा हो ।’

जनार्दनकी छोरी कविता हाल पढाइको सिलसिलामा अमेरिकाको टेक्सासमा छिन् । उनका अनुसार जनार्दन छोरीलाई अमेरिका पठाउने पक्षमा थिएनन्, त्यसैले भिसा लागिसकेपछि मात्रै उनले बुवालाई जानकारी दिएकी थिइन् ।

भिसा प्रोसेसका लागि उनले चार महिना टफेल, जीम्याट लगायतको अध्ययन गरेकी थिइन् । बिभिन्न विश्वविद्यालयमा आवेदन गर्दा अमेरिकामा सफलता मिलेको उनले बताएकी छन् । यो सबै आफ्नो बलबुतामा गरेको उनले स्पष्ट पारेकी छन् ।

कविताले लेखेकी छन्, ‘बुवाले नेपाल फर्किने सर्तमा मलाई अमेरिका पढ्ने अनुमति दिनुभयो । मैले पनि दिनरात नभनी पढाइ, काम सबै गरेर छात्रवृत्ती पाएर आफ्नो बलबुताले तीन वर्षको कोर्स डेढ वर्षमै सकें ।’

 “नेताकी छोरी हुनु मेरो अपराध हो ?”

अनलाइनखबरमा प्रकाशित समाचारबारे नेता शर्माकी छोरी कविता गौतमको प्रतिक्रिया उनकै शब्दमा-

सबैको जीवनको आपनो कथा हुन्छ । मेरो पनि आपनै छ । म सानै छँदा मेरो आमाले मलाई आफुसँगै लैजानुभो । म मेरो मामा घरकी हजुरआमाको काखमा हुर्किएँ बढे ।

आमाबुवा किन सँगै नभएको जस्तो कहिलेकाहीँ लाग्थ्यो । तर, कहिले बताइएन । म ज्ञानकुञ्ज उच्म मावि रविभवनमा पढ्थंे । कक्षा प्रथम भए शुल्क माफ हुन्थ्यो त्यसैले आफनो सक्दो मिहिनेत गरेर पढ्थें ।

त्यसपछि कलेज पढ्दा पनि आपनै हिसावले मैले निर्णय लिन्थें । म डाक्टर बन्ने सोचेको मान्छे थिएँ । छात्रवृत्ति नाम ननिकालेपछि मैले पैसा तिरेर नपढ्ने निर्णय गरें ।

मैले मेरो बुवाको राजनीतिलाई असर पर्ने काम अहिलेसम्म गरेको छैन र गर्ने पनि छैन । यसवीचका म आफ्नो पहिचान आफंै बनाउन चाहान्थंे । नेपालमा हरेक कुरामा बुवाको नाम जोडिन्थो । मैले आपनै निर्णयमा विदेश पढ्ने निर्णय गरें ।

मैले छात्रवृत्ति पाएर कलेज भिसा सबै भएपछि बुवालाई गएर भनेकी थिएँ । सुरुमा बुवाको विरोध भयो । तर, पढेर नेपाल नै फर्किने सर्तमा म बाहिर गएँ । तीन बर्ष लाग्ने पढाइ मैले डेढ बर्षमै सकाएँ ।

अहिलेसम्म बुवाले कहिल्यै पनि हामीलाई समय दिन पाउनुभएको थिएन । योपटक पनि उहाँको पार्टीको मिटिङ हुने कुरा थाहा नभएपछि मैले नै कर गरेर बोलाउने निधो गरेकी हुँ ।

यसपटकचाहिँ छोरीलाई समय दिनुभयो । जनयुद्घका समयमा हामीले कहिल्यै पनि बुबालाई किन भेटनुभएन भनेनौं । यसपटक अप्ठ्यारो मानेर एकचोटि बुबा बनेर उहाँ आउनुभयो ।

आज बिहान समाचार हेर्दा मेरो हुँदै नभएको विबाहको कुरा आयो । हामीलाई तनाव दिने काम गरियो ।

एउटा नारीको आपनो स्वतन्त्र निर्णय लिने क्षमतामाथि प्रश्न उठाइन्छ । पढेर आपनै देशमा फर्किएर केही गर्ने मेरो सोचलाई चोट पुर्‍याएको छ । हरेक व्यक्तिको आपनै व्यक्तिगत जीवन हुन्छ, मूल्य मान्यता हृुन्छ । त्यसप्रति मेरो आफ्नो लगाव छ । व्यक्तिगत जीवनप्रति टीकाटिप्पणी गर्दा सम्बन्धित सरोकारवालाई एकचोटि नसोधी विवाहजस्तो संवेदनशील निर्णय गरिदिने मिडियालाई म के भनुँ ? म खेद प्रकट गर्न चाहन्छु । विवाह मैले चाहेको दिनमा आवश्य गर्छु । त्यो मेरो व्यक्तिगत कुरा हो ।

देशमा आएको लोकतन्त्र, महिला अधिकार, व्यक्तिगत स्वतन्त्रता आदि व्यर्थका कुरा रहेछन् । मेरो पुस्ताले पीडा महसुस गर्दै अधिकार खोज्दै हिँड्नुपर्ने हो ? राजनीतिक नेतृत्वको छोरी हुनु मेरो कुनै अपराध हो । के मेरा बुवा कुनै देशविरोधी काममा लाग्नुभएको छ ? बिवाह जस्तो निर्णय कुनै मिडियाले गरिदिनु कुन लोकतन्त्र हो ?

म प्रश्न गर्न चाहान्छु कानुन, बनाउनेहरु, लागु गर्नेहरु र राज्यलाई । यसरी मजस्ता युवाहरु देशमा बसेर काम गर्ने वातावरण बन्छ ? म देशमै केही गर्ने चाहन्छु । साथीभाइसँगको सहकार्य, बोलचाल, प्रेम हाम्रो समाजमा प्रतिबन्धित छन् । विवाह गर्ने व्यक्ति, मिति, विधि तोक्ने मेरो स्वतन्त्रता परिवारको आफ्नो हक हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment