Comments Add Comment

अख्तियारको प्रहरी महाशाखालाई आफू मातहत ल्याएपछि आईजीपीलाई पत्र

११ पुस, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान अयोगको प्रहरी महाशाखा, ३ क्षेत्रीय कार्यालय र ५ सम्पर्क कार्यालयलाई आफू मातहत ल्याएपछि अख्तियारले प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालसँग जवाफ मागेको छ ।

प्रहरी नायब महानिरीक्षक (डीआईजी) प्रमुख रहने महाशाखा र प्रहरी नायब उपरीक्षक (डीएसपी) रहने क्षेत्र र सम्पर्क कार्यालयलाई आफू मातहत ल्याएपछि अखतियारले जवाफ माग्दै खनाललाई पत्र लेखेको हो ।

अख्तियारका एक अधिकारीले जवाफ माग गर्दै प्रहरी महानिरीक्षकलाई पत्र काटिएको पुष्टि गरे ।

खनालले ११ मंसिरमा प्रहरीको संरचनामा व्यापक फेरबदल गर्दै अख्तियारका सुरक्षा निकायलाई पनि आफू मातहत तान्दै पत्राचार गरेका थिए ।

यो पनि पढ्नुहोस प्रहरीको संरचनामा व्यापक फेरबदल, विमानस्थल प्रहरी ‘मेट्रो’ मातहत

यसअघि अख्तियारको निर्देशनमा महाशाखा, क्षेत्र र सम्पर्क कार्यालयका प्रहरी अधिकारीले काम गर्दै आएका थिए । तर, आईजीपी सचिवालय मातहत अख्तियारका सुरक्षा निकायलाई तानेपछि ती अधिकारीहरुले आईजीपीको निर्देशन र बिफ्रिङ अनुरुप चल्नुपर्नेछ ।

उनले विमानस्थल सुरक्षा कार्यालयदेखि प्रशाशन महाशाखासम्मलाई आफू मातहत ल्याएर शक्ति केन्द्रीकृत गरेपछि प्रहरी अधिकारीहरुले असन्तुष्टि व्यक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment