१२ पुस, काठमाडौं । नेपालका लेग स्पिनर सन्दीप लामिछाने बिग बास लिगमा आफ्नो दबदवा कायमै राखेका छन् ।
मेलबर्न स्टार्सबाट लिग खेलिरहेका सन्दीपले बिहीबार सिड्नी सिक्सर्सको २ विकेट लिएका छन् । चार ओभर बलिङ गरेका सन्दीपले १८ रन खर्चेर दुई विकेट लिएका हुन् ।
डेब्यू खेलमा दुई विकेट लिएर आफ्नो प्रभाव छाडेका उनले दोस्रो खेलमा तीन विकेट लिए ।
लिगको तीन चरणको खेल चलिरहँदा सन्दीप कुल ७ विकेटसहित सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा शीर्ष स्थानमा छन् । सिड्नी थन्डरका ड्यानियल साम्सले ६ र एडिलेड स्ट्राइकर्सका रासिद खानले ५ विकेट लिएका छन् ।
प्रतिक्रिया 4