Comments Add Comment

मनाङमा लगातार हिमपात, माइनस २० डिग्रीमा झर्‍यो तापक्रम

१३ पुस, मनाङ । चिसो बढेसँगै मनाङमा हिमपात सुरु भएको छ । यसअघि नै माइनसमा झरेको यहाँको तापक्रम हिमपातपछि माइनस २० डिग्रीमा झरेको छ ।

जिल्लाको माथिल्लो भेग खांसार, भीमताङ, गुवाल,मनाङगाउँलगायत स्थानमा हिमपात भएको हो ।

मनाङका प्रमुख जिल्ला अधिकारी रुद्रनाथ देवकोटाले बिहीबार बिहानदेखि मौसममा खराबी आएको बताए । हिमालको वरिपरि लागेको कालो बादल र हावाहुरीपछिको हिमपातले यहाँको तापक्रम माइनस २० डिग्री पुगेको प्रजिअ देवकोटाले जानकारी दिए ।

हिजो दिउँसो करीब १ बजेबाट सुरु हिमपात अहिले बिहान ७ बजेबाट केही रोकिएको माथिल्लो मनाङका गोरे गुरुङले बताए ।

जल तथा मौसमविद् बरुण पौडेलका अनुसार, आज दिनभर मनाङको मौसम बदली हुने सम्भावना छ । तर, भोलिबाट भने मौसममा सुधार आउने पौडेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment