+
+

बीमा कम्पनीका कर्मचारीलाई विदेश भ्रमणमा कडाइ

अनलाइनखबर अनलाइनखबर
२०७५ पुष १३ गते १६:२१

१३ पुस, काठमाडौं । बीमा कम्पनीहरुको नियमनकारी निकाय बीमा समितिले बीमा कम्पनीका कर्मचारीहरुलाई विदेश भ्रमणमा कडाइ गरेको छ । बीमा कम्पनीहरुका लागि निर्देशन जारी गर्दै समितिले आफ्नो अनुमति बिना विदेश भ्रमण जान नपाउने बताएको हो ।

आफूखुसी विदेशमा भ्रमणमा जाने चलन बीमा कम्पनीहरुमा अत्यधिक देखिएपछि समितिले यस्तो निर्देशन जारी गरेको बताएको छ । बीमा कम्पनीहरुले स्कीम नै बाँडेर विदेश भ्रमण गराउने गरेको पाइएपछि निर्देशन दिन बाध्य भएको समितिका अध्यक्ष चिरञ्जीवि चापागाईंले बताए ।

अध्यक्ष चापागाईंले भने, ‘यसअघि स्वीकृति नलिई जाने गरेका थिए, तर हाम्रो सुशासन निर्देशिकामा नै यो व्यवस्था भएकाले हामीले निर्देशन दिएको हौं ।’ विदेश भ्रमण गर्दा मुलुकलाई नै फाइदा नगर्ने र त्यसको बदलामा स्वदेशमै घुमे पर्यटकीय क्षेत्रको थप विकास पुग्ने उनको विश्वास छ ।

‘नेपालमै प्रशस्तै घुम्ने ठाउँ छन् पहिलो प्राथमिकता स्वदेशलाई दिँदा राम्रो हुन्छ’ स्वदेशमै प्रशस्त घुम्ने ठाउँहरु रहेको भन्दै उनले भने, ‘यसले पर्यटकी क्षेत्रको प्रवद्र्धन र मुलुकको अर्थतन्त्रलाई समेत सकरात्मक प्रभाव पार्छ ।’

समितिले सवारीसाधन खरिद गर्न पनि अनुमति लिनुपर्ने समेत बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?