Comments Add Comment

रोनाल्डोलाई मेस्सीको जवाफ- म घरमै छु, परिवर्तन आवश्यक छैन

१४ पुस, काठमाडौं । बार्सिलोनाका कप्तान लियोनल मेस्सीले रोनाल्डोलाई जवाफ दिँदै आफूलाई टिम परिवर्तन आवश्यक नरहेको बताएका छन् । उनले लिग पनि परिवर्तन नगर्ने बताएका छन् ।

स्पेनिस पत्रकार मार्कालाई अन्तर्वार्ता दिँदै मेस्सीले भनेका छन्, ‘मलाई कुनै परिवर्तन आवश्यक छैन । म घरमै छु ।’

यसअघि चीर प्रतिद्वन्द्वी क्रिष्टियानो रोनाल्डोले मेस्सीलाई इटालियन क्लब आउन सुझाव दिएका थिए । रोनाल्डो यसै सिजन स्पेनिस क्लब रियल मड्रिडबाट इटालियन क्लब युभेन्टस गएका थिए । रोनाल्डोले मेस्सी इटालियन सिरी ए क्लब आएको आफूले हेर्न चाहेको र फेरि प्रतिस्पर्धा गर्ने मन रहेको बताएका थिए ।

मेस्सीले बारम्बार बार्सिलोनाबाटै आफ्नो खेल जीवन अन्त्य गर्न चाहेको बताउने गरेका छन् । मेस्सीले यो सिजन बार्सिलोनाका लागि २० खेलमा २१ गोल गरिसकेका छन् । साथै १३ गोल उनकै सहयोगमा भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment