Comments Add Comment

हृवावेको नोभा थ्री आईको मूल्य ३ हजार घट्यो

१४ पुस, काठमाडौं । अंग्रेजी नयाँ वर्षको पूर्वसन्ध्यामा हृवावेले आफ्नो मोबाइल फोनको मूल्य घटाएकाे छ । जसले जाँदै गरको वर्षलाई थप उत्साहित बनाउने कम्पनीको विश्वास छ ।

रु ३८, ९०० मा उपलब्ध हुने सबैभन्दा सफल स्मार्टफोन नोभा थ्री आई अब मात्र रु ३५, ९९० मा किन्न सकिने कम्पनीले जनाएको छ । पुस १० देखि लागू भएको यो अफर सीमित समयसम्मका लागि लागू हुने जनाइएको छ ।

‘प्रयोगकर्ताहरूबाट पाएको विश्वासका कारण सन् २०१८ हृवावेका लागि सबैभन्दा सफल वर्ष रहृयो’, कम्पनीद्वारा विज्ञप्तिमा भनिएको छ ।

नोभा सिरिजको यो स्मार्टफोन बि्रकी खुलाइएको पहिलो दिनको दुई घण्टाभित्र नै झण्डै २ हजार वटा अगि्रम बुकिङ भएर प्रि- बुकिङ रेकर्ड नै बनाएको कम्पनी बताउँछ ।

सन् २०१८को जुलाईमा यो स्मार्टफोन सार्वजनिक गरिएको थियो । तर, औपचारिक रूपमा त्यसको बिक्री शुरू भएको एक साताभित्र नै त्यसको स्टक सकिएको बताइन्छ ।  ‘प्रयोगकर्ताहरूबाट हृवावेले निकै राम्रो प्रतिक्रिया पाएको छ ।

यसले हामीलाई गौरवान्वित स्मार्टफोन उत्पादक बनाएको छ साथै भावी दिनमा अझ उत्कृष्ट स्मार्टफोनहरू ल्याउने जिम्मेवारी थपिदिएको छ’, कम्पनीले भनेको छ ।

नोभा थ्री आईका विशेषताहरूः

शक्तिशाली रियर क्यामरा

नोभा थ्री आईमा शक्तिशाली रियर क्यामराहरू पनि रहेको छ । रियर क्यामरामा १६ एमपीको प्राइमरी सेन्सर तथा २ एमपीको सेकेण्डरी सेन्सर पनि छ । प्राइमरी सेन्सरले स्पष्ट तस्वीरहरू र भिडिओहरू खिच्दछ भने सेकेण्डरी क्यामराले न्याचुरल देखिने तस्वीरहरू खिच्दछ ।

डुअल फ्रन्ट फेसिङ क्यामरा

नोभा थ्री आई मा २४ एमपी प्राइमरी क्यामरा तथा २ एमपीको सेकेण्डरी क्यामरा रहेको छ । प्राइमरी क्यामराले निकै स्पष्टताका साथ तस्वीरहरू कैद गर्दछ भने सेकेण्डरी क्यामराले डेप्थ डेटा लिन सघाउँछ ।

फेसनप्रेमीहरूका लागि शक्तिशाली ४ वटा अलक्वाड क्यामरा सेटअप

हृवावे नोभा थ्री आईमा उच्च क्षमताका क्यामराहरू छन् । त्यतिमात्र नभई आर्टिफिसियल इन्टेलिजन्स- एआई क्षमताहरू भएको एसओसी जडित छ जसले सेल्फी खिच्ने अनुभवलाई एउटा पूरै नयाँ स्तरमा पुर्‍याउँछ ।

सिन चिन्ने क्षमता

हृवावे नोभा थ्री आईमा सीन रेकग्निशन चिन्ने क्षमता छ । हृवावे नोभा थ्री आई ले २२ वटा विभिन्न समूहरूअन्तर्गतको पाँच सयभन्दा पनि बढी सिनहरू चिन्दछ र उत्कृष्ट तस्वीहरू खिच्न सघाउँछ ।

डिस्प्ले
यो स्मार्टफोनमा ६.३ ईन्च एफएचडीं (२३४०×१०८०) १९.५ः९ को फूल भ्यू रहेको छ । यी विशेषताहरुका कारण नोभा थ्री आईले ठूलो र स्पष्ट फोटोहरू खिच्दछन् । साथै अघिल्ला संस्करणका स्मार्टफोनहरूभन्दा नोभा थ्री आई आकर्षक र पातलो पनि छ।

आकर्षक रंगहरूमा
नोभा थ्री आई विभिन्न आकर्षक रङहरूमा उपलब्ध छः आइरिस पर्पल, ग्रेडियन्ट कलर, रातो र सेतो ।

आकर्षक डिजाइन

नोभा थ्री आईमा स्मुथ डबल कर्भ ग्लास प्यानल रहेको छ र नानो टेक्सचर्ड इभेक्ट भएकाले ब्याक प्यानल झनै आकर्षक छ ।

एआई अग्मन्टेड प्रदर्शन

नोभा थ्री आईमा किरिन एसओसी जडित छ। दुईवटा एसओसीहरूले हृवावेका पछिल्ला एआई क्षमताहरूलाई सपोर्ट गर्दछ साथै सबैभन्दा अग्रणी ईमेज प्रोसेसिङ स्पीड तथा एकुरसी छ जसले प्रयोगकर्ताहरूलाई हाई-टेक अनुभव प्रदान गर्छ ।

किरिन ७१० एसओसी

हृवावे नोभा थ्री आईमा भने किरिन ७१० एसओसी जडित छ जुन हृवावेको पहिलो १२ एनएम चिप हो । यसमा सुधारिएको ईमेज सिग्नल प्रोसेसर-आइएसपी राखिएको छ तथा भिडियो प्रोसेसिङका लागि डिजिटल सिग्नल प्रोसेसर-डीएसपी रहेको छ जसकारण नोभा थ्री आईमा उत्कृष्ट फोटो खिच्ने क्षमता प्रदान गर्दछ ।

थप स्थिर गेमिङ अनुभवका लागि नोभा थ्री आईले ग्राफिक्स प्रोसेसिङ एक्सलेटर प्रविधि-जीपीयू टर्बो सपोर्ट गर्दछ ।

इएमयूआई ८.२

हृवावे नोभा थ्री आई एन्ड्रोइड ओमा आधारित इएमयूआई ८.२ सफ्टवेयर सिस्टक रहेको छ जसले विभिन्न विशेषताहरूबाट स्वतन्त्र रूपमा एआईको अनुभव गर्न सघाउँछन् ।

ब्याट्री

ननरिमुभेबल ३३४० एमएएच

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment